arrow

करणको यो बानीका कारण प्रियंकाले बोलाइनन् विवाहमा

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
priyanka-karan.jpeg

काठमाडौं । प्रियंका चोपडा र निक जोनसको विवाहको लामो समय भइसकेको छ । तर, अहिलेसम्म पनि उनीहरुको विवाहको चर्चा सेलाएको छैन । उनले आफ्नो विवाहको विषयमा अर्को एक खुलासा गरेकी छिन् ।  ‘कफी विद द करण’ कार्यक्रममा उनले करण जोहारलाई आफ्नो विवाहमा नबोलाएको असन्तुष्टि जनाएका थिए ।

धेरैपटक यो प्रश्न गरेपछि प्रियंकाले करणको सेल्फी लिने बानीको कारण विवाहमा नबोलाएको बताएकी थिइन्। करण खुबै सेल्फी खिच्न रुचाउँछन् । यदि विवाहमा उनी आएको खण्डमा उनले विवाहको सेल्फी खिच्ने र उक्त फोटो मिडियामा पनि पुग्नसक्ने भएकाले उनलाई नबोलाएको प्रियंकाले उल्लेख गरेकी छिन् । प्रियंका आफ्नो विवाहको फोटो मिडियामा जाओस् भन्ने चाहन्नथिन् ।

यसका साथै उनले विवाहमा आएका सबै पाहुनाको मोबाइल एक जिप लक ब्यागमा राखिएको बताएकी थिइन्। कसैले पनि विवाहको फोटो सामाजिक सञ्जालमा पोस्ट नगरोस् भन्ने उनको चाहना थियो ।  कार्यक्रममा सहभागी अर्की बलिउड अभिनेत्री करीना कपूरले पनि प्रियंकाको साथ दिएकी थिइन् । दुवै अभिनेत्रीले उनीहरुका पतिले एकै स्थानमा उनीहरुलाई प्रेम प्रस्ताव राखेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ