arrow

विवाहसम्म पुगेपछि किन बढेको थियो सलमान ऐश्वर्याको दूरी

logo
प्रकाशित २०७५ फागुन १९ आइतबार
salman-aish.jpg

काठमाडौं । सालमान खान र ऐश्वर्या रायको लभस्टोरी पनि कुनै फिल्मको कहानीभन्दा कम छैन । यो कहानीमा प्रेम, रोमान्स, पागतपन, झगडा, मारपीट, परिवार र ब्रेकअपसम्म अटाएका छन् ।  लामो समयसम्म उनीहरुको लभस्टोरीले सञ्चारमाध्यममा राम्रो चर्चा पाएको थियो । अहिले पनि बेलाबेलामा उनीहरुको लभस्टोरीको प्रसंग आउने गरेको छ । यहाँ उनीहरुको लभस्टोरीको केही रोचक कुराहरु उल्लेख गरिएको छ ।
 
सन् १९९७ मा उनीहरुबीचको सम्बन्ध शुरु भएको थियो । त्यतिबेला सलमान बलिउडका सुपरस्टार बनिसकेका थिए । ऐश्वर्या भने बलिउडमा आफ्नो करियर बनाउन संघर्ष गरिरहेकी थिइन् । त्यतिबेला सलमान खान पाकिस्तानकी सोमी अलीसँग प्रेम सम्बन्धमा थिए । ऐश्वर्याले विश्व सुन्दरीको अवार्ड जितेपछि सलमानलाई उनी निकै मन परेको थियो । जसको कारण उनले सोमीलाई ब्रेकअप दिएका थिए । उनले ऐश्वर्यालाई फिल्म दिलाउन पनि धेरै सहयोग गरेका थिए ।

संजय लीला भंसालीले सलमानको आग्रहमा ‘हम दिल दे चुके सनम’मा ऐश्वर्यालाई अभिनयको अवसर दिएका थिए । यो फिल्मको शुटिङको क्रममा उनीहरुको बीचमा प्रेम सम्बन्ध स्थापित भएको थियो । त्यसपछि ऐश्वर्या सलमानलाई भेट्न उनको घर जान थालेकी थिइन् ।  ऐश्वर्या रायका माता–पितालाई भने सलमान खानसँग उनले भेट्ने गरेको कुरा मन परेको थिएन ।

एक किताबमा उल्लेख गरिएअनुसार ऐश्वर्याले सलमानसँगको सम्बन्ध छाड्न परिवारले गरेको आग्रह मानेकी थिइनन् र उनी आफ्नो माता–पिताको घर छाडेर मुम्बईको एक अपार्टमेन्टमा बस्न थालेकी थिइन् ।  

उनीहरुको प्रेमसम्बन्धमा दरार आउनुमा एकपटक सलमान खान आधा रातमा ऐश्वर्याको घर गएर ढोकामा हान्न थालेका थिए । त्यतिबेला उनको हातबाट रगत पनि आएको गियो । तर, ऐश्वर्याले भने बिहान ६ बजे मात्र ढोका खोलेकी थिइन् । त्यसपछि पनि उनीहरुको बीचमा धेरै विवाद तथा झगडा भए । ऐश्वर्याले सलमानलाई गाली गरेको र मारपीट गरेकोजस्ता धेरै आरोप लगाइन् र उनीहरुको लभस्टोरीको दुःखद् अन्त्य भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ