arrow

महायज्ञमा उठ्यो ४ करोड

logo
कौरव खत्री,
प्रकाशित २०७५ फागुन १९ आइतबार
Somnath_Sapkota.JPG

गुल्मी। मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले महायज्ञवाट उठेको रकम शिक्षाको भौतिक पूर्वाधारमा खर्च हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । महेन्द्र आदर्श मावि मुसिकोट नगरपालिका वडा नं. ७, टक्सारको हिरक महोत्सव तथा श्रीमद्भागवत धनधान्यान्चल ज्ञान महायज्ञमा सातौं दिनको कार्यक्रममा सम्बोधन गर्दै सापकोटाले सो कुरा वताए ।

नगरप्रमुख सापकोटाले शिक्षा र स्वास्थ्यको जिम्मा पूर्णरुपमा राज्यले लिने भन्दै महेन्द्र आदर्श माविको लागि यो वर्ष ४ कोठे भवन र अर्को वर्ष ६ कोठे भवन निर्माण गर्ने घोषणा गरे । मुसिकोट नगरभित्रका महेन्द्र आदर्श मावि र त्रिभुवन मावि भुवाचिदिलाई सुविधा सम्पन्न आवासिय विद्यालय वनाउने बताउदै उनले दुवै विद्यालयमा यातायातको लागि वसको व्यवस्था गर्ने, लगायतका भौतिक पूर्वाधारको सम्पूर्ण जिम्मा आफूले लिन तयार रहेको सुनाए ।

उनले सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षाको अभाव रहेको बताए । विद्यार्थी निजि विद्यालयतर्फ आकर्षित भएको प्रसंग कोट्याउँदै मेयर सापकोटाले उचित शिक्षा र स्वास्थ्यकै अभावमा स्थानिय वसाइसराई गर्न वाध्य भएको वताए । वामीटक्सारलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न लागिएको भन्दै मनफुकाएर दान गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रम मुल समारोह समितिको सल्लाहकार समितिका संयोजक कृष्णहरी सापकोटाको अध्यक्षता, प्रधानाध्यापक वुद्धि प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षक रामचन्द्र सापकोटा संचालनमा सम्पन्न भएको थियो ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्देश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहेका छन् । कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ ।

सातौं दिन सम्म ४ करोड ७१ लाख ३७ हजार रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य नजिक रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए । ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ

२०१६ सालमा स्थापना भई गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन् ।

कार्यक्रमको फागुन १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्टले उद्घाटन गरेका थिए ।



नयाँ