arrow

भारतको एयर स्ट्राइकबारे फिल्म बनाउन सुरु, यस्तो हुनसक्छ फिल्मको नाम

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
surgical-strike.jpg

काठमाडौं । यस साल जनवरीमा पाकिस्तान शासित कश्मीरमा २०१६ मा भारतीय सेनाको सर्जिकल स्ट्राइकमा बनेको फिल्म 'उरी: द सर्जिकल स्ट्राइक' भयो । जसलाई दर्शकहरुले एकदमै मन पराएका छन् । जसका कारण सो फिल्म सुपरहिट पनि भयो । त्यसैको सिको गर्दै भारतीय सेनाले आतंकवाद विरुद्ध भनेर पाकिस्तानमा गरेको हमलाको बारेमा पनि फिल्म बनाउने बारे चर्चा चल्न सुरु भएको छ । 

प्रड्यूसर तथा डाईरेक्टर सञ्जय लीला भन्साली, भूषण कुमार, महावीर जैन तथा अभिषेक कपूरले २६ फरवरीमा बालाकोटमा भएको एयर स्ट्राइकमा फिल्म बनाउने तयारी गरिरहेका छन् । एयर स्ट्राइकमा भारतीय वायुसेनाको मिराज २०००विमानहरुले आतंककारी संगठन जैश-ए-मोहम्मदको पाकिस्तानमा बालाकोट स्थित अड्डामा बमबारी गरेको थियो । यस घटनामा फिल्म बनाउनको लागि रिसर्चको काम समेत सुरु भइसकेको छ । यसैसाल सुटिङ पनि सुरु गरिने बताइएको छ । 

फिल्मसँग जोडिएको एक व्यक्तिले दिएको जानकारी खनुसार यस फिल्मको प्रड्यूसर भारतीय सेनाका जवानहरुको बहादुरीलाई दुनियाभरमा बताउन चाहन्छन् ।  उनले यो पनि भनेका छन् कि फिल्मको कमाईको अधिकांश भाग आर्म्ड फोर्सेस वेलफेयर फण्डमा दिइने समेत बताइएको छ । अहिलेसम्म यस फिल्मका लागि कास्टिङ्ग भएको छैन् । बलिवुडका कैयौं ठूला कलाकारहरुले समेत यसमा आफ्नो रुची पेश गरेका छन् । 

फिल्मको नाम 'बालाकोट', 'पुलवामा: द डैडली अटैक', 'सर्जिकल स्ट्राइक २' 'हिंदुस्तान हमारा है' तथा 'हाउज द जोश?' जस्ता कुनै पनि टाइटल राख्न सकिने भनिएको छ ।  यसको लागि कैयौं फिल्म tyf टीवी मेकर्सहरुले टाइटल रजिस्टर गराउनको लागि मोशन पिक्चर्स प्रड्यूसर्स असोसिएशनमा निवेदन समेत दिइसकेका छन् । धेरै मानिस यो सर्जिकल स्ट्राइक २ को फिल्म कहिले देख्न पाईन्छ भन्नेमा उत्साहित रहेको बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ