arrow

ऋतिकले ५ वर्ष सँगै काम गरेपछि चिन्दिनँ भन्ने : कंगना

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
hrithik_kangana2.jpeg

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले ऋतिक रोशन माथि  निशाना साधेकी छन् । इन्डिया टुडेको एक कार्यक्रममा पुगेकी उनले कंगनाले अभिनेता ऋतिक रोशनको नाम नलिइ भनिन् ''जोसँग म २ चलचित्रमा अभिनय गरेकी छु उनि मलाई चिन्छन् । तर उनि  मसँग दुई चलचित्रमा ५ बर्ष काम गरेपछि मलाई चिन्दिन भन्छन् । म जान्न चाहन्छु कि यो कसरी हुन सक्छ ।  पहिलो अनुराग बसुको चलचित्र 'काइट्स' मा दुई बर्ष साथै काम गरियो ।  'कृष ३' मा तीन बर्षसम्म काम गरियो । यसपछि पनि उनि भन्छन् म चिन्दिन्न । ''

कंगनाले ऋतिकको बारेमा कुरा गर्दै भनिन् , '' म जहां छु त्यहाँ उनि कहिले पुग्न सक्दैनन् ।  '' कंगना रनौत कयौ कार्यक्रममा अब उनलाई कुनै ठूला स्टारको आवश्यक्ता नपर्ने खुलेर बताउने गरेकी छन् । उनलाई जुन सफलता मिलेको छ त्यो आफ्नै बलमा मिलेको उनि बताउने गरेकी छन् ।

यसअघि कंगनाले ऋतिक रोशन, आदित्य पन्चोलीलाई लिएर भनेकी थिइन्  , ‘ऋतिक रोशनले एक डाक्टरलाई मेरो सहयोग गर्न भने , किनकि मलाई कुनै दिमागी रोग छ । ऋतिक मलाई पागलसाबित गर्न चाहान्थे । मलाई जेल पढाउन चाहन्थे । मैले एक ओपन लेटरमा  ‘स्पिक अप अर सटअप ' लेखेको थिए तर पब्लिकेशनले राकेश रोशन उनको मित्र भएको कारण देखाउदै सो लेख छाप्न मानेन । मैले  एक मूर्ख मानिससँग डेट गरे,  जो कुनै पनि बेला मलाई  फसाउन सक्छ । पहिले मलाई माफी चाहिएको थियो तर अब म यो च्याप्टर बन्द गर्न चाहान्छु । यो विषयमा उ बुवाको पैसा प्रयोग गरिरहेको छ  र मैले आफुले कमाएको पैसा लगाएको छु । मैले राकेश रोशनलाई फोन गरेर तपाईहरु मेरो  जिन्दगी बर्वाद गर्न गइरहेको भनेकी थिए ।'

यसका साथै कंगनाले भनिन् , 'यदि म एक दिनको लागि  ऋतिक रोशन भए  सज्जन पुरुषले जस्तै माफी माग्थे । मेरो र ऋतिकबीचका  चिठ्ठिबारेमा सबैलाई थाहा छ । त्यसमा एक प्याराग्राफ मैले लेखेको थिए । त्यहि गल्तिको सजाय भोग्दैछु ।   एक अफेयरलाई लुकाउन तपाई कति धेरै गल्ति गर्नुहुन्छ ।  जब ऋतिकले उनको ठाँउमा कोहि अन्यले उनको नामको प्रयोग गरेको भने  तब त्यो एक नराम्रो सपना जस्तो लागेको थियो ।'

ऋतिकमाथिको खुलासापछि कंगनाले आदित्य पन्चोलीबारे बोलेकी छन् ।   कंगनाले अन्तर्वार्तामा भनिन् , ‘आदित्य पन्चोलीले मलाई घर, गाडि ड्राइवर पनि दिएका थिए । उनले मलाई गिफ्ट पनि पठाउथे । मैले आदित्य पन्चोलीको श्रीमतीसँग सहयोग पनि मागेको थिए । एक दिन म शत्रुघ्न सिन्हाको घर नजिक फुटपाथमा भेटिए । गार्डले मलाई चिने । तब म बेघर र फेमस थिए । एक मानिसलाई जसले बनाउन सक्छ त्यसले तोड्न पानि सक्छ । '

कंगनाले भनिन् ,' ऋतिकले मलाई भने म श्रीमतीलाई छोड्न सक्दिन र सबैलाई यो सम्बन्धको बारेमा भन्न पनि सक्दिन । तब मैले ऋतिकलाई भने ठीक घ त्यसो भए मलाई छोडिदेउ । तर उ मलाई छोड्न तयार थिएन । त्यसैले म  "कृष थ्री" मा अभिनय गर्न  तयार थिइन उ मसँग विवाह गर्न सक्दैन भने उसँग मलाई काम गर्न थिएन । तर  ऋतिकले चलचित्रको लागि मलाई चार महीनासम्ममा मानयो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ