arrow

यहाँ पार्ट टाइम रोजगारीमा मिल्छ प्रतिघण्टा १ हजार रुपैयाँ, खानुपर्नेछ धेरै चकलेट

logo
प्रकाशित २०७५ फागुन २० सोमबार
Chocolate.jpg

काठमाडौं । विश्वमा चकलेट मन पराउने मानिसहरु त धेरै हुन्छन् । केही मानिसहरु यस्ता पनि हुन्छन् कि उनीहरु चकलेटका लागि कम्पनीमा नै का मगर्न चाहन्छन् । यस्तोमा एक कम्पनीले अनुभव नभएका मानिसहरुका लागि पनि एक नयाँ योजना अघि सारेको छ ।

मोडेलेज इन्टरनेशनलले चकलेटको स्वाद लिने मानिस खोजिरहेको छ । यस विषयमा कमपनीले आफ्नो वेबसाइटमा पनि केही उल्लेख गरेको छ । कम्पनीले यस्ता मानिस मागेको छ कि उनीहरुलाई चकलेट मन पर्ने होस् र यसको स्वाद बताउन सकून् ।

छानिएका उम्मेदवारलाई १२ जनाको एक टोलीमा समावेश गरिनेछ । यो एक पार्ट टाइम जागिर हो । उम्मेदवारले एक हप्तामा ८ घण्टा काम गर्नुपर्ने हुन्छ । यस क्रममा उनीहरुलाई धेरै चकलेट दिइन्छ र त्यसको स्वादबारे आफ्नो धारणा व्यक्त गर्नुपर्ने हुन्छ । यसका लागि कम्पनीले पतिघण्टा १ हजार रुपैयाँ दिनेछ ।

यो रोजगारीको अफर बेलायतको लागि हो । छानिएका उम्मेदवारले कम्पनीको मुख्यालय बर्मिघममा काम गर्नुपर्ने हुन्छ । यद्यपि यो रोजगारीको लागि अन्तर्वार्ताको क्रममा धेरै चकलेटको स्वादबारेको चुनौती पार गर्नुपर्ने हुन्छ ।  यसका साथै उनीहरुको फरक फरक चकलेटको स्वाद थाहा पाउने क्षमताको पनि जाँच गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ