arrow

शिक्षक कर्मचारीको आन्दोलनले सामुदायिक विद्यालयको पढाई प्रभावित

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ फागुन २० सोमबार
teachers.jpeg

कञ्चनपुर ।  सामुदायिक विद्यालयका कार्यरत राहत तथा बालविकासका शिक्षक र कर्मचारी आन्दोलित भएपछि कञ्चनपुरका सामुदायिक विद्यालयको पढाइ प्रभावित भएको छ । पेशागत हकहितका लगायतका  माग अघि सारेर सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु आन्दोलित भएसँगै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो ।

आइतबारदेखि अधिकांश शिक्षक र कर्मचारीहरु संघीय राजधानी काठमाण्डौँमा केन्द्रित आन्दोलनमा गएपछि कञ्चनपुरका विद्यालय ठप्प भएका छन् ।  
सम्पूर्ण राहत शिक्षक बाल विकासका शिक्षक र सामुदायिक विद्यालयका कार्यरत कर्मचारीलाई एकमुष्ठ स्थायीको माग राख्दै उनीहरुले आन्दोलन गरेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सह–अध्यक्ष नविन सिह धामीले सरकारले ल्याउन लागेको विभेदकारी, विस्थापन गर्ने ऐनको बिरुद्धमा आन्दोलन गरिएको बताए । उनका अनुसार विगतमा राहत शिक्षक, उच्च मावि, बाल विकास र विद्यालय कर्मचारीसंग भएका सम्झौता कार्यान्वयनका लागि दबाब दिन आन्दोलन गरिएको हो ।

 ‘सरकारले दुई दशकसम्म बौद्धिक श्रम लियो, ‘उनले भने, ‘आज आएर सरकारले हाम्रो हित भन्दा पनि विस्थापित गर्न लागेको छ ।’ संघीय शिक्षा ऐनको मस्यौदामै सरकारले उच्च मावि, राहत, बाल विकास र विद्यालय कर्मचारीको अधिकार विपरित ऐन ल्याउन लागेकाले त्यसको बिरुद्धमा उत्रिएको बताए । माग पुरा नहुन्जेलम्म आन्दोलन जारी राख्ने उनको चेतावनी छ । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव दिपेन्द्र बहादुर बमले विभेदकारी ऐन बिरुद्ध प्रर्दशन गरिएको बताए । उनीहरुले सरकारले आफुहरुको श्रम लुट्ने र काम अनुसारको पेशागत सुरक्षाको अनुभूति समेत नदिलाएको दुखेसो पोखेका छन् ।

परीक्षाको मिति नजिकिदै जाँदा यसरी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित हुँदा पनि विद्यार्थीको भविष्यको बारेमा अभिभावकहरु चिन्तित भएका छन् । आन्दोलनका कारण परीक्षा समेत प्रभावित हुने देखिएको छ । सरकारले समयमै देशैभरीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यप्रति चिन्तित बन्नुपर्नेमा अभिभावकहरुको जोड छ ।
यहाका सामुदायिक विद्यालय उच्च मावि, राहत, बाल विकास र विद्यालयका कर्मचारी अधिकारका लागि भन्दै राजधानी केन्द्रीत आन्दोलनमा गएपछि सामुदायिक विद्यालयको पढाई समेत प्रभावित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ