arrow

अफगानिस्तान विश्वकप टि–२० को सुपर टेनमा, सुपर टेनको भिडन्त श्रीलंकासंग

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Afghanistan.jpg.jpeg
एजेन्सी । जिम्बावेलाई हराउँदै अफगानिस्तान आइसीसी विश्वकप टि–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो चरण अर्थात सुपर टेनमा पुगेको छ । भारतमा जारी विश्वकप टि–२० क्रिकेटमा शनिबार जिम्बावेलाई ५९ रनले हराउँदै अफगानिस्तानले सुपर टेनको यात्रा तय गरेको हो । 
 
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन बनायो । अफगानिस्तानका लागि मोहम्मद नावीले ५२ रन बनाए । अफगानिस्तानले दिएको १ सय ८७ रनको चुनौती पछ्याएको जिम्बावे २ बल खेल्न बाँकी छँदै अलआउट भयो । उसले १ सय २७ रन मात्रै बनाउन सक्यो । 
 
जितसँगै अफगानिस्तानले आउँदो बिहीवार श्रीलंकासँगको सुपर टेन भेट पक्का गरेको छ । विश्वकप टि–ट्वेन्टी क्रिकेट अन्तर्गत शनिबार राति भएको अर्को खेलमा स्कटल्याण्डले हङकङलाइ ८ विकेटले हरायो । स्कटल्याण्ड वर्षाले असर गरेको खेलमा १२ बल खेल्न बाँकि छँदै ८ विकेटले विजयी भयो । डिएल मेथर्डमा स्कटल्याण्डले बाजी मारेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ