arrow

अधिकारीको निधनमा राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
upper-house.JPG

काठमाडौँ । राष्ट्रियसभाको मंगलबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनि विसं २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए ।

पूर्वउपप्रधानमन्त्री अधिकारी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि सांसद थिए । उनको निधनमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य थिए । उनले विसं २०५१ र २०५५ मा अर्थमन्त्री, २०५३ मा निर्माण तथा यातायातमन्त्री, २०६१ र २०६७ सालमा उपप्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहेका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको पारित शोक प्रस्तावमा उल्लेख छ । उपचारका क्रममा उनको फागुन १८ गते राति ९ः३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै सभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ