एजेन्सी । चेल्सीलाई हराउँदै एभर्टन एफए कप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको क्वार्टरफाइनलमा एभर्टनले चेल्सीलाई घरेलु मैदानमा २–० ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । एभर्टनलाई विजयी गराउन दुवै गोल रोमेलु लुकाकुले गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा लुकाकुले दोस्रो हाफपछी ७८ र ८२औं मिनेटमा गोल गरे । ८४ औं मिनेटमा चेल्सीका डिएगो कोष्टाले दोहारो पहेंलोकार्ड खाँदै मैदानबाट बाहिरिएको ३ मिनेटमै एभर्टनका ग्यारेथ ब्यारी समेत दोहोरो पहेंलोकाड खाँदै मैदानबाट बाहिरिए ।
एक–एक खेलाडी बाहिरिएपछि १० जनामा समेटिएका दुवै टोलीले त्यपछि गोल गर्न सकेनन् । यसअघि, रिडिङलाई हराउँदै क्रिष्टल प्यालेस एफए कपको सेमिफाइनलमा पुगिसकेको छ ।