arrow

जापानमा बन्यो पत्नीलाई बुझ्नसक्ने एप, कम्पनीले माग्यो माफि

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
japan8.jpg

काठमाडौं । जापानको एक कम्पनीले पत्नीको व्यवहारलाई बुझ्नका लागि एक एप बनाएको छ । यसको उद्देश्य साना बच्चाको पालनपोषणमा मातापिता दुवैको भागीदारी बढाउनु रहेको थियो । तर, एपको विस्तारको लागि गरिएको वेबसाइटमा श्रीमान्हरुलाई यस्तो सल्लाह दिइएको थियो कि मानिसहरुले यसलाई महिलाविरोधी बताएका छन् ।

यस विषयमा अहिले जापानभर यस विषयमा चर्चा शुरु भएको छ । महिला र पुरुषको बीचमा शरीरको संरचना, मतिष्क, शरीरका केही अंगको काम गर्ने तरिकाजस्ता कुराहरु फरक हुन्छन् । जसको कारण महिला र पुरुषलाई एकै किसिमको सूचना हासिल हुँदा पनि त्यसको प्रतिक्रिया फरक फरक किसिमको हुन्छ ।

विवाद बढ्दै गएपछि कम्पनीले आफ्नो वेबसाइटमा दिइएको सुझाव हटाएको थियो । साथै कम्पनीले माफी पनि मागेको थियो । कम्पनीले आफ्नो केही क्षेत्रमा बदलाव पनि गरेको थियो ।  जापानी कम्पनी इजाकी ग्लिकोमा कोपे नामको एप सार्वजनिक गरिएको थियो । यसमा यदि महिलाले ‘अब हामी सँगै बस्नुको कुनै औचित्य छैन’ भन्नुको अर्थ उनले तिमी मेरो बारेमा के सोच्छौ भन्न खोजेको हुनसक्ने उल्लेख गरिएको छ ।

साथै महिलाले ‘यो काम निकै कठिन छ’ भन्नुको अर्थ उनी यो कामको लागि आफ्नो प्रशंसा चाहन्छिन् भन्ने हो भन्ने दाबी गरिएको छ । सामाजिक सञ्जालमा यो एपको विषयमा निकै ठूलो आलोचना भएको छ । आलोचकले यो कम्पनीले महिलालाई केवल सहनुभूति मात्र आवश्यक रहेको जस्तो देखाएको बताएका छन् । यो उनीहरुमाथिको उपेक्षा रहेको बताएका छन् ।

एपमा पुरुषलाई पत्नीले ‘तिम्रो लागि धेरै महत्वपूर्ण नोकरी हो कि परिवार ?’ भन्ने प्रश्न गरेको खण्डमा मेरो कारणले तिमीले एक्लोपनको महशुस गरेकोमा माफी माग्न सुझाव दिइएको थियो । साथै पत्नीको प्रश्नबाट बच्नका लागि कार्यालयका समस्याको विषयमा पनि धेरै छलफल गर्नुपर्ने उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ