arrow

मोहित मल्होत्राले गलत तरिकाले छुन खोजेको टीना दत्ताको आरोप

#Metoo

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
tina-dutta.png

काठमाडौं । कलर्स टीभीको चर्चित भइरहेको शो ‘उतरन’को माध्यमबाट भारतमा चिनिएकी टीना दत्त एण्ड टीभीको ‘डायन’मा मुख्य भूमिकामा आउँदैछिन् । टीनाले यो शोको क्रममा आफूमाथि भएको दुव्र्यवहारको घटना सार्वजनिक गरेकी छिन् । उनले शुटिङको क्रममा शोका हिरो मोहित मल्होत्रामाथि शुटिङको क्रममा गलत तरिकाले छुन खोजेको आरोप आरोप लगाएकी छिन् ।

उनी सेटमा रोइरहेको देखिएसँगै यो समाचार बाहिरिएको थियो । यस्तोमा मोहित भने विना कुनै पश्चाताप सेटमा घुमिरहेको देखिएको थियो । यद्यपि उनीहरुको बीचको यो मामिला सुल्झाइएको बताइएको छ । टीनाले आफूमाथि आएको समस्या निर्माता टोलीसँग शेयर गरेको बताएकी छिन् ।

उनले निर्माता टोली पनि आफूलाई सहयोग गर्ने किसिमको रहेको बताएकी छिन् । उनले आफूले यो समस्याको समाधान निकाल्ने जिम्मा बालाजीलाई दिएको बताएकी छिन् ।

मोहितले पनि यो मामिलामा आफ्नो बचाउ गर्दै उनी मेरो आफ्नो राम्रो साथी रहेको र आफूहरुको बीचमा राम्रो सम्बन्ध रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ