arrow

गेटाफेको पोष्टमा बार्सिलोनाको गोल वर्षा, मेसीले पेनाल्टी खेर फाले

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
messi-new-pe.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा बार्सिलोनाले गेटाफेको पोष्टमा ६ गोल गरेको छ । शनिबार राति भएको खेलमा बार्साले घरेलु मैदानमा गेटाफेलाई फराकिलो अन्तरले हराएको हो । बार्सालाई विजयी गराउन । हुवाँ रोड्रिग्वेजले खेलको ८ औं मिनेटमै गोल गरे । ११औं मिनेतमा पाएको पेनाल्टी सदुपयोग गर्न नसेकको मुख्य फरवार्ड लियोनल मेसीले खेल अवधिभर १ गोल मात्रै गर्न सके । 
 
उनले ४०औं मिनेटमा गोल गरे । त्यसअघि १९ औं मिनेटमा मुनिर अल हद्दादीले गोल गरे । नेमारले ३२ं र ५१औं मिनेटमा गोल गरे । ५७औं मिनेटमा एर्डा टुरानले एक गोल थप्दै गोल संख्या ६ बनाए । बार्साले गोल वर्षा गर्दा गेटाफे भने निरिह रहयो । 
 
अन्य खेलमा एथ्लेटिको मड्रिडले डेपोर्टिभो लाकोरुनालाई ३–० ले हरायो । यस्तै, रायो भायकानो र इबारले १–१ को बराबरी खेल्दा सेल्टा भिगोले रियाल सोसिडाडलाई १–० ले स्तब्ध तुल्यायो । बार्सिलोनाको उत्कृष्ठ लयले उपाधि लगभग पक्का जस्तै भइसकेको छ । उसको २९ खेलबाट ७५ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६७ अंक छ । तेस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ ।   
Barcelona took the lead in the eighth minute at the Nou Camp, when Jordi Alba's cross went in off Getafe midfielder Juan Rodriguez
 
Messi was understandably frustrated by his miss but the world's best player made up for it with a sensational performance 
 
And Messi finally got his name on the scoresheet with five minutes left of the first half to leave shellshocked Getafe 4-0 down at the break
 
The defeat was Getafe's second successive 6-0 hammering at the hands of Barcelona on trips to the Nou Camp
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ