arrow

पानी भनेर एसिड पिए 'पबजी' खेलाडीले

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
pubg.jpeg

एजेन्सी। मोबाईल गेम्सहरुको कुलतका बारेमा संसारभर चर्चा हुने गरेको छ। यस्ता गेम्सहरुबाट पर्ने नकरात्मक प्रभावहरुका बारेमा धेरै चर्चा लगायत अनुसन्धानहरु पनि भैरहेका छन्। यसरी मोबाईलले बच्चाहरु र युवाहरुमा परेको प्रभावका बारेमा चर्चाहरु भैरहे पनि उस्तै घट्नाहरु नियमित भैरहेका छन्।

भारतमा एक युवाले मोबाईल गेम ‘पब जी’ खेल्दै गर्दा पानी भन्ठानेर एसिड पिएको समाचार भारतीय मिडियाहरुमा आएको छ। भारतको भोपालका ति युवा आफ्नो घरको आँगनमा गेम खेलिरहँदा प्यास लागेर त्यही छेउमा रहेको एसिड पिएका थिए। एसिड पिए पछि उनलाई अस्पताल पुर्‍याईएको र समयमा अस्पताल पुर्‍याउनाले उनको ज्यान भने जोगिएको छ।

पेटको आन्द्रा जलेर अल्सर भएको डाक्टरले बताएका छन्। साथै अरु अंगहरुमा नि प्रभाव परेको डाक्टर मनन गोगियाले जानकारी दिएका छन्। ति २५ बर्षिय युवकले उपचारको क्रममा पनि गेम खेलिरहेको र उनी मोबाईलको कुलतमा परिसकेको डाक्टरले बताएका छन्। ति युवक मुखले केही खान नसक्ने छन् र उनले अस्पताल बसाईको क्रममा ५-६ किलो वजन पनि गुमाईसकेका छन्।

आफुले मोबाईलको कुलत बारे सुनेको तर पहिलो पटक देखेको डाक्टरले मिडियालाई बताएका छन्। ति युवक कुनै कुनै गेम खेलिरहने वा नभए मोबाईला फिल्म हेर्ने तर जतिखेर पनि मोबाईलमै झुण्डिरहने खालका छन्।

भारतमा ‘पब-जी’ खेललाई प्रतिबन्ध लगाउनु पर्ने मगहरु उठिरहेको छ। अभिभावकहरुको गुनासो छ बच्चाहरु बिग्रिए, कसैको कुरा सुन्दैनन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ