arrow

म्यान्चेस्टर सिटीलाई झट्का, रेलिगेशन क्षेत्रको नर्विचले गोल गर्न दिएन

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Norwich-v-Manchester-City.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीलाई झट्का लागेको छ । नर्विच सिटीसंग गोलरहित बराबरी खेलेसंगै सिटीलाई धक्का पुगेको हो ।  शनिबार राति भएको खेलमा रलिगेशन क्षेत्रमा रहेको नर्विचले म्यान्सिटीलाई घरेलु मैदानमा गोल रहित बराबरीमा रोकेको हो ।
 
उता, एएफसी बर्नमाउथ भने ३– २ गोल अन्तरले विजयी भएको छ । बर्नमाउथले स्वान्सी सिटीलाई ३–२ ले पाखा लगाएको हो । यस्तै, साउथ ह्याम्पटनले स्टोक सिटीलाई २–१ गोल अन्तरले हराएको छ । 
 
लिगमा २९ खेलबाट ६० अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने, समान खेलबाट ५५ अंक जोडेको टोटनह्याम हट्सपर दोस्रो स्थानमा छ । तेस्रो स्थानको आर्सनलको ५२ अंक छ । ५१ अंक बटुलेको म्यान्सिटी शीर्ष चार भित्र सुरक्षित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ