arrow

दिमागमा चिप लगाएर बढाउन सकिन्छ सम्झने क्षमता 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २२ बुधबार
human-mind.png

काठमाडौं । छिटै नै मानिसको सोच्ने र सम्झने क्षमता पनि बढाउन सकिने भएको छ । अमेरिकी वैज्ञानिकहरु अहिले त्यसका लागि काम गरिरहेका छन् । जसलाई मानिसको मस्तिष्कमा इंप्लान्ट गर्न सकिनेछ । 

उक्त स्मार्ट चिपले मस्तिष्कमा कम्प्युटरले जस्तै काम गर्नेछ । यसलाई नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोसाइन्टिस्ट मोरन सेर्फले तयार गरिरहेका छन् । उनको लक्ष्य मानिसको सोच्ने र सम्झिने क्षमता बढाउनु थियो । 

मोरानले चिप बनाउने योजना त्यतिबेला ल्याएका थिए, जतिबेला एलन मस्कले मस्तिष्क कम्प्युटर ल्याउने योजना ल्याएका थिए । उनले मस्तिष्कमा राखिएको चिप इन्टरनेटसँग जोडिएको हुन्छ र सोधिएको प्रश्नको जवाफ तत्कालै दिन पनि सकिन्छ । यसलाई थप राम्रो बनाउनका लागि अहिले काम भइरहेको छ । 

यो प्रविधि अबको केही समयमा प्रयोगमा आउनसक्ने बताइएको छ । तर, यसले मानिसको बीचमा ज्ञानको दूरी बढाउनसक्ने बताइएको छ । यो प्रविधिको सहयोगमा अन्य कृत्रिम बौद्धिकतालाई पनि नियन्त्रण गर्नसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ