arrow

संसदमा सांसदको आक्रोश ‘कार्यक्रम त्यसको बाउको सम्पत्ति र आमाको दाईजोको लागि राखेको ?’

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
Gyan_kurari_chhantyal.jpg

काठमाडौं । प्रतिनिधि सभामा बागलुङ्ग जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञान कुमारी छन्तेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संचालन कार्यविधि) नियमावली, २०७५ प्रति गम्भीर आपत्ति जनाएकी छिन् । सो नियमावलीमा प्रत्यक्ष सांसदहरुलाई मात्रै जनही ४ करोड रुपैयाँ आफ्नो क्षेत्र विकासको लागि खर्च गर्न दिईने व्यवस्था रहेको भन्दै उनले यसमा आपत्ति जनाएकी हुन् । 

उनले सो व्यवस्थाको विरोध गर्दैजाँदा सुन्न अलिक असहज हुनेगरी प्रस्तुत भईन् । संसद सभ्य र मर्यादित हुने भएपनि उनले त्यो ४ करोड रुपैयाँप्रति ईंकित गर्दै भनिन् ‘के त्यो त्यसको बाउको सम्पत्ति र आमाको दाईजो हो ?’ उनले सो रकमलाई समान रुपमा प्रत्यक्ष र समानुपातिक सांसदलाई समेत दिन पनि उनले माग गरिन् । 

स्थानीय साझेदारी पूर्वाधार कार्यक्रम नेपाली जनताको टाउकोको ऋण र जनताको घाँटी समाएर उठाएको करबाट तयार पारिएको हो भन्दै उनले प्रत्यक्ष सांसद् एक्लैले ४÷४ करोड रुपैयाँ अर्काको ईज्जतको ख्याल नगरी बाँडेको आरोप समेत उनको छ । 

‘के त्यो त्यसको बाउको सम्पत्ति र आमाको दाईजोको लागि राखेको त्यहाँ ?’ उनले भनिन् ‘यो जनताको महंगो कर र जनताको टाउकोमा थोपरेर ल्याएको ऋण हो । अब आउने बजेटमा सबैलाई चराचरी र बराबरी हुनुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ