arrow

विरोध भन्छन् ‘विमानस्थलमा गरिने ‘‘लखनउ लूट’’को सम्पत्ति कहाँ जान्छ ?’

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
Birodh_khatiwoda.jpg

काठमाडौं । नेकपाका सांसद विरोध खतिवडाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारले लखनउ लूट मच्चाएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद खतिवडाले सरकारले विदेश बाट आउने मानिससँग जफत गरेको सामानको कुनै रेकर्ड नराखिने भन्दै यो सामान कहाँ जान्छ ? भन्दै सरकारसँग जवाफ माग गरेका छन् । 

उनले जनताले ल्याएको मोबाईल, रक्सि, टिभी र अन्य सामानहरु विभिन्न आरोपमा जफत गरिएपनि त्यो कहाँ जान्छ ? भनेर सार्वजनिक नगरिएको आरोप लगाए । उनले सबै सार्वजनिक हुँदा त त्यस्ता सामानहरु हराउने समस्या आउने भएपनि अहिले त रेकर्ड समेत नराखेपछि त्यहाँ कस्तो लूट मच्चिँदै छ ? भन्दै प्रश्न गरेका छन् । 

अर्काे प्रसंगमा सांसद खतिवडाले अस्थायी शिक्षकहरुको सम्बन्धमा लोकतन्त्रमा डण्डा भन्दा डायलग नै ठिक हुने धारणा दिएका छन । उनले राज्यले शिक्षकलाई दबाउने भन्दा पनि वार्ताको माध्यमबाट समस्या समाधान गराउनु पर्ने दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ