- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वको १३ सय ४९ औं धनी व्यक्ति बनेका छन् । अमेरिकाको फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका २ हजार १ सय ५३ अर्बपतिहरुको सूचीमा चौधरी १३४९ औं स्थानमा परेका हुन्। गत साल उनी धनाढ्य सूचीको १५६१औं स्थानमा थिए। यो वर्ष चौधरीले २१२ स्थान अगाडि आएक हुन्।
फोर्ब्सको प्रतिवेदनअनुसार चौधरीको सम्पत्ति यस वर्ष अघिल्लो वर्षको तुलनामा २० करोड अमेरिकी डलर अर्थात् २२ अर्ब ६० करोड रुपैयाँभन्दा थप भएको छ । चौधरीसँग अहिले १ खर्ब ९० अर्ब भन्दा बढीको सम्पत्ति छ। गत वर्ष उनको सम्पत्ति १ खर्ब ७० अर्ब थियो ।
उनी चौधरी ग्रुप ९सीजी०का प्रमुख हुन्। यो समुहले नबिल बैंक, खाद्य र पेयसम्बन्धी उद्योग सञ्चालनमा छ। चौधरीको विद्युत, व्यापार र होटल क्षेत्रमा पनि लगानी छ। चौधरी समूहसँग २९ वटा होटल छन्। वाइवाइ चाउचाउ पनि यो समुहले नै बनाउने गरेको छ। चौधरी अहिले नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन्
१९९० सालको भूकम्प गएको २ वर्षपछि चौधरी परिवारले हालको विशाल बजार अगाडि न्युरोडमा वार्षिक २ सय रूपैयाँ भाडामा लिएर व्यवसाय सुरु गरेको थियो । हाल सीजी ग्रुपभित्रै झन्डै १०० भन्दा बढी कम्पनी छन् ।
चौधरी ग्रुपले नेपालमा सीजी लाइफसेल समेत सञ्चालनमा ल्याउने भएको छ । टर्कीको मोबाइल फोन कम्पनी टर्कसेलसँग मिलेर चौधरी ग्रुपले नेपालमा सीजी लाइफसेल सञ्चालन गर्ने भएको हो । स्पेनको बार्सिलोनामा सञ्चालन भइरहेको मोबाइल विश्व सम्मेलन २०१९ का क्रममा सीजीले टर्कसलेसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको ग्रुपका अध्यक्ष तथा प्रमुख विनोद चौधरीले जानकारी दिएका छन् ।
चौधरीको वाईवाई प्लान्ट इजिप्टमा पनि
चौधरी ग्रुपले इजिप्टमा पनि चाउचाउ उत्पादन सुरु गर्ने भएको छ । अहिले नेपाल, भारत लगायत विभिन्न देशमा चाउचाउ उत्पादन गरिरहेको ग्रुपले इजिप्टको कायरोमा पनि उद्योग खोल्ने तयारी गरेको हो ।
चौधरी ग्रुपले यसअघि काजकिस्तानको चाउचाउ उत्पादन केन्द्र पनि खरिद गरेको छ । मध्य एसियामा आफ्नो व्यापार विस्तारको लागि चौधरी ग्रुपले १ करोड ५० लाख डलरबराबरको रकममा सो केन्द्र खरिद गरेको हो । काजाकस्तानमा नयाँ उत्पादन खरिद गरेसँगै चौधरी ग्रुपको समग्र चाउचाउ उत्पादन केन्द्र १८ पुगेको छ । जसमध्ये ९ वटा भारतमा रहेको छ ।
वाइवाइले भारतीय बजारमार तयारी चाउचाउको २८ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । वार्षिक व्यापार २ अर्ब २० करोड डलरको हुने गरेको छ । यसले विश्वको चाउचाउको बजारमा २ प्रतिशतको हिस्सा ओगट्ने गरेको छ । सन् २०१७ मा सर्वियामा पनि चौधरी ग्रुपले नयाँ प्लान्ट खोल्ने निर्णय गरेको थियो । ३० मुलुकहरुमा अहिले चौधरी ग्रुपका ७६ ब्राण्डहरु उत्पादन भइरहेका छन् र १२२ कम्पनीहरु स्वामित्वमा रहेका छन् भने १० हजार कर्मचारीहरु काम गरिरहेका छन् ।