arrow

सरकार अपाङ्गता भएका राहत शिक्षकप्रति असंवेदनशील भयो, प्रहरीले सेतो छडी भाँच्यो 

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
disabled.jpg.png

काठमाडौं । अपाङ्गता भएका राहत शिक्षकहरु अहिले आन्दोलनमा सरिक भई स्थायीका लागि संघर्षरत छन् । उनीहरुको जाहेज मागप्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले समर्थन गर्दै शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षप गरेको प्रति आपत्ति जनाएको छ ।

संघले प्रहरीले सहायक सामग्री तोडफोड गरिदिएर सरकार असंबेदनशील र असहिष्णु बन्नु दुःखद घटना भएको बताएको छ । 

२०५७ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मन्त्रीपरिषदले कुनै पनि अपाङ्गता भएका ब्यक्तिलाई रोजगारीबाट नहटाउने नीति लिइने छ भनेर नजिरको रुपमा स्थापित भैसकेको तर वर्तमान सरकारले उनीहरुलाई विभेद गरेकोमा अपाङ्गता भएका शिक्षकहरु राहत शिक्षक आन्दोलनमा सहभागी हुनु बाध्य बनाइएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार स्थापित गर्न गराउन सम्पुर्ण संघसस्थाहरुको ऐक्यबद्धता हुनु जरुरी भएको समेत संघले भनेको छ ।

संघले भनेको छ– ‘प्रहरी हस्तक्षपबारे के कति अपाङ्गता भएका शिक्षक घाइते भए, सहायक सामग्री (सेतो छडी) भांचिदिए ? राष्ट्रिय अपाङ्ग महासंघ तथा भ्रातृ संस्थाहरुलाई अनुगमन र सहयोग गर्न हार्दिक अनुरोध गर्दछौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ