arrow

यस्तो छ एफ–१६ जेटभन्दा छिटो कुद्ने कार 

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २३ बिहिबार
battista.jpeg

काठमाडौं । इटालियम कार निर्माताले पूर्ण विद्युतीय एक कार निर्माण गरेको छ । यो कार एक मिनेटभन्दा कम समयमा १ सय ८० माइल प्रतिघण्टाको गतिमा दौडिन सक्छ । यो एफ–१६ जेटभन्दा पनि छिटो हो । अटोमोबिलि पिनिन्फारिना कम्पनीले आफ्नो बाट्टिस्टा मोडलको कार सार्वजनिक गरेको हो । 

यसमा १९०० ब्रेक हर्सपावरको इन्जिन प्रयोग गरिएको छ । यसलाई विश्वको सबैभन्दा पावरफुल कार मानिएको छ  । पिनिफारिना बाट्टिस्टालाई सबैभन्दा तीव्र गतिको सडक कार मानिएको छ । 

यो कारले २ मिनेटभित्र ६२ माइल (३ सय ५० किलोमिटर) प्रतिघण्टाको गति हासिल गर्न सक्छ । अहिले सडक सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले कम्पनीले अत्यधिक गति २ सय १७ माइल प्रतिघण्टा भएको कार मात्र बजारमा ल्याइने छ । 

यो एफ–१६ जेट विमानको गति ३ सय किलोमिटरसम्म हुने गरेको छ । कम्पनीले यस किसिमका १ सय ५० कार निर्माण गर्नेछ र यो कार सन् २०२० सम्म बजारमा उपलब्ध हुनेछ । यो कारको मूल्य २२ लाख डलर तोकिएको छ । 

सन् २०१९ सम्म सबै कार बिक्री हुने कम्पनीको अपेक्षा छ । अहिलेसम्म विश्वभर हुने यो कारको उत्पादनको ४० प्रतिशत रिजर्भ भइसकेको कम्पनीले बताएको छ । यसमा पनि ७० प्रतिशत अमेरिकामा रिजर्भ गरिएको छ । 

जर्मनीमा रहेको अटोमोबिलि पिनिन्फारिनामा भारतीय कम्पनी महिन्द्रा ग्रुपको पनि लगानी छ । अहिले ल्याइएको कार एकपटकको पूरा चार्जमा २ सय ८० माइल कुद्न सक्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ