arrow

पहिलोपटक अन्तरिक्ष कार्यक्रममा महिलाको टोली पठाउँदै नासा

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
nasa-women-astronaut.jpg

काठमाडौं। नासाले यस महिनाको अन्तिममा आफ्नो अन्तरिक्षको कार्यक्रममा पहिलो पटक सबै महिला भएको टोली पठाउने भएको छ। नासाले पहिलोपटक पुरुषविहीन अन्तिरक्षमा ओर्लिने टोली पठाउन लागेको हो ।

भ्यालेन्टिना टेरेस्कोभा पहिलो महिला अन्तरिक्षयात्री हुन्। तर, सोभियत अन्तरिक्षयात्री स्भेट्लाना सभित्काया अन्तरिक्षमा ओर्लिने पहिलो महिला हुन्। उनी अन्तरिक्षमा पुग्ने दोस्रो महिला पनि हुन्। उनले सन् १९८४ मा अन्तरिक्षको भ्रमण गरेकी थिइन्।

मार्च २९ मा नासाले दुई अन्तरिक्षयात्री एन्ने म्याक्केइन र क्रिस्टिना कोचलाई अन्तरिक्षको यात्राको लागि अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा पठाउने तयारी गरेको हो। उनीहरुलाई एक्सपेडिसन ५९ क्र्यु कार्यक्रमका लागि पठाइन लागेको हो। नासाले अघि सारेको तीन कार्यक्रममध्येको एक कार्यक्रमका लागि सबै महिला भएको टोली पठाउने तयारी गरिएको हो। यो अन्तरिक्ष कार्यक्रमका लागि पठाइएको पहिलो सबै महिला भएको टोली हुनेछ।  आईएसएसका लागि नासाले ल्याएको तीन कार्यक्रमका लागि ६ जना अन्तरिक्षयात्री पठाइने छ।

वैज्ञानिकहरुले यो महिना महिलाको निकै महत्वपूर्ण रहने बताएका छन्। यो अन्तरिक्षको यात्रा निकै दुर्लभ मानिन्छ। अहिलेको यात्रामा आईएसएसको भौतिक पुनर्निर्माणको लागि महत्वपूर्ण रहने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ