arrow

एआई सेक्युरिटी क्यामेराले पत्ता लगाउन सक्छ चोर

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २३ बिहिबार
security_camera.jpeg

काठमाडौं । चोरीको घटना बढेसँगै जापानमा कृत्रिमता बौद्धिकता (एआई) प्रयोग गरिएको सेक्युरिटी क्यामेरा ल्याइएको छ । यसले चोर पहिचान गर्न सक्छ । 

यो सेक्युरिटी क्यामेराले स्टोरमा सामान खरिद गर्न आएका अमान्य र बेचैन किसिमको व्यवहारमा निगरानी राख्छ । साथै एक स्मार्टफोन एपको माध्यमबाट आफ्ना स्टाफलाई सूचना दिने काम गर्छ । यसपछि स्टोरका कर्मचारी उक्त व्यक्तिसँग पुगेर केही सहयोग गर्न सकिन्छ कि भने सोध्ने गर्छन् । यस किसिमको रणनीतिबाट चोरीका घटनाहरु रोकिएका छन् । 

यो क्यामेरा जापानी कम्पनी भाकले बनाएको हो । टोकियोका ठूला स्टोरहरुमा यस किसिमको क्यामेराको प्रयोग गरिन्छ । यो एआई टूललाई कम्पनीको सेक्युरिटी क्यामेरामा लोड गर्न सकिन्छ । साथै यसले रियल टाइममा फुटेजमा ध्यान राख्न सक्छ । 

यी सेक्युरिटी क्यामेरा कुनै अपराध हुनुभन्दा पहिला नै समाधान गर्न निर्माण गरिएको हो । यो टूलमा रहेको फेशियल रिकोग्निशन सफ्टवेयर र अर्को आर्टिफिशल टेक्नोलोजीले मानिसको व्यवहारमा निगरानी राख्न सक्छ । यसमा व्यक्तिको अनुमानित उमेर, लिंग, फेवरेट आइटम र अरु कुनै चिज पनि आउनसक्छ । 

कम्पनीले कसैलाई पनि थाहा नदिई यो प्रविधिको प्रयोग गर्न आग्रह गरेको थियो । विश्लेषकहरुले भने यो क्यामेराले कुनै निर्दोष मानिसलाई पनि दोषी साबित गर्न सक्ने भन्दै आशंका व्यक्त गरेका  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ