arrow

सलमानसँग फिल्म खेल्न आतुर; सन्नी

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
sunny-2-1457523129.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेता सन्‍नी देवल बलिउडमा कुनै समय चलेको नाम थियो । उनको डाइलग सधै  दर्शकहरु विच  लोकप्रिय  रहेको छ ।  उनि पछिल्लो समय कुनै फिल्ममा देखिएनन् । उनि हालै रिलिज भएको चलचित्र 'घायल वन्स अगेन' वाट बलिउडमा पुन आगमन गरेका छन् । चलचित्रले प्रशंसा बटुले पनि बक्स अफिसमा तहल्का मचाउन सकेन । सन्नीका समकालिन अभिनेताहरू सुनिल सेट्टी  अनिल कपुर लगायतका २-३ जना हिरो भएका फिल्ममा अभिनय गरिरहेका छन् तर, उनले भने त्यसो गरेका छैनन्।
 
भारतिय सञ्चारमाध्यमका अनुसार उनि सलमानसँग काम गर्ने चाहेको प्रश्नको जवाफ यस्तो  दिएका छन्।  म सबैसँग फिल्म खेल्न सक्छु । म कुनै पनि हीरोसँग काम गर्न तयार छु, तर मसँग काम गर्न कुनै हीरो तयार छैनन् ।" म सलमानसँग काम गर्न चाहान्छु तर हामी दुबैजनालाई सँगै लान सक्ने विषय खोज्न भने कठिन छ।"
 
सन्नीले लामो समय सम्म आफ्नो  एक्शनका कारण दर्शहरुलाई प्रभावमा राखे । उनको  डाइलग र एक्शनका कारण सीनले धेरै तालि र सीटि पायो । तर अहिले उनलाई आफ्नो करियरलाई सम्हालन गाह्रो परेको छ । सन्नी पछिल्लो करीब १० बर्ष देखि आफ्नो  करियरलाई सम्हाल्नेकोशिश गरिरहेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ