arrow

भारतीय दूतावासमा कविता कृष्णमूर्तिको साङ्गीतिक सन्ध्या

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
kavita-songs-indian-embassy-1.jpg

काठमाडौं। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा शुक्रवार च्यारिटी सांगीतिक कन्सर्टको आयोजना गरिएको छ। उक्त कार्यक्रममा प्रसिद्ध भोयलिन डा. एल. सुभ्रमण्यम र बलिउड गायक कविता कृष्णमूर्ति सुभ्रमण्यम सहभागी थिए। भारतीय राजदूतावासको सहकार्यमा भारतीय महिला संघले उक्त कार्यक्रम आयोजना गरेको हो।

गायिका कृष्णमूर्तिको टोलीले २५ वर्षअगाडि गाएको ‘चिठ्ठी आएन, चिठ्ठी आएन मेरो मायालुको...चिठ्ठी आएन’गाउँदा दर्शकदिर्घाबाट प्रशंसकहरुले साथ दिएका थिए। उक्त गीतका सङ्गीत निर्देशक शम्भूजित बाँस्कोटाले उनलाई साथ दिएका थिए।

यो कार्यक्रममा १५ सय मानिसहरुको उपस्थिति थियो। यो कार्यक्रम नेपाल र भारतीय संगीतको ऐतिहासिक महत्व विस्तारको लागि आयोजना गरिएको आयोजगले बताएको छ। भारतीय महिला संघ नेपाल र भारतीय समुदायको बीचमा आपसी सम्बन्ध बलियो बनाउनका लागि स्थापना भएको संगठन हो। यो संस्थाले सामाजिक तथा सांस्कृतिक गतिविधि गर्दै आएको छ।

आयोजीत उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, भारतीय राजदूत मन्जिभ सिंह पुरी, सांसद, प्रधानसेनापति, कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारी, पूर्वमन्त्री, पूर्वसांसद, प्रसिद्ध कलाकार मनिषा कोइराला, उद्योगपति, कलाकार एवं वरिष्ठ सञ्चारकर्मीका साथै समाजका प्रतिष्ठित व्यक्तिहरुको कार्यक्रममा उपस्थिति थियो।

त्यसअघि सङ्घी अध्यक्ष नम्रता पुरीले स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा चुनौतीपूर्ण अवस्थामा पनि मुहारमा खुशी ल्याउनु र मानवीय सद्भाव–सहयोग बढाउनु सङ्घको उद्देश्य भएको बताउँदै टिकट विक्रीबाट सङ्कलित रकम परोपकारी कार्यमा खर्च गरिने जानकारी दिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ