arrow

१३ औं शताब्दीको यो अद्भूत शहरको इतिहास, जहाँ भेटियो महिलाको मात्रै कंकाल

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
Machu-Picchu-2.jpg

काठमाडौं । हामीबसेको विशाल पृथ्वीमा कुन् ठाउँमा कस्ता मानिस छन् र कुन् ठाउँमा कस्ता जनावरहरु छन् भनेर धेरै ठाउँ अझै पनि हामीले पत्ता लगाउत सकेका छैनौं । ठाउँ पत्ता लगाएको ठाउँमा पनि हामीले नदेखेका रहस्यहरु समेत धेरै छन् । 

यस्ता रहस्यहरु पनि कतिपय यस्ता पनि हुन्छन् जो समयको साथ साथै अचानक गायब पनि हुनसक्छन् । तर के तपाईंलाई थाहा छ ? यस्तो शहर जहाँका मानिसहरु अचानक गायब हुन्छन् । त्यो शहरको नाम हो माचू पिच्चू। माचू पिच्चूको अर्थ हुन्छ पुरानो टुप्पी ।

माचू पिच्चूको इतिहास 
माचू पिच्चू पेरूमा स्थित छ । यसले आजभन्दा लगभग १०० वर्ष पहिलेदेखि खोजिँदै आईएको थियो । तर, आज पनि यस स्थानमा मिल्ने कंकालहरुको विषयमा कुनै आधिकारिक प्रमाण छैन । त्यसैले यस स्थानलाई दुनियाँका अजीब र गरीब स्थान पनि भन्ने गरिन्छ । जो अद्भुत हुनुका साथ साथै गहिरो रहस्यसँग समेत जोडिएको स्थान हो । माचू पिच्चू उरुबाम्बा उपत्यकामा स्थित छ जुन समुद्रीसतहदेखि २४३० मिटर माथि छ । ७ जुलाई २००७ मा यसलाई विश्वका सातौं आश्चर्यमा शामेल गरिएको थियो । 

सन् १९११ मा माचू पिच्चूको पर्वत श्रृंखलाको खोज भएको थियो । खोजी गर्दैजाँदा यो शहरको सम्बन्ध १३ औं शताब्दीमा देखिएको छ । माचू पिच्चूको बारेमा यो पनि भनिन्छ कि यहाँ एउटा शाही शासकको राज्य थियो । धार्मिक रुपले समेत यो स्थान एकदमै महत्वपूर्ण मानिन्छ । 

इन्का सभ्यता तथा कंकाल 
इन्का सभ्यतालाई रहस्यमयी सभ्यता समेत भन्ने गरिन्छ । किनकी वैज्ञानिक बैज्ञानिकहरु यसको असमर्थ खोज्नमा समेत असमर्थ छन् । त्यतिबेलाको सो शहरको कुनैपनि अभिलेखहरु नभेटिएका कारण पनि बैज्ञानिकहरु यसबारेमा केही पनि जानकारी लिन सकिरहेका छैनन् । 

यहाँ अधिकांश मात्रामा कंकालहरु मिलेको छ । अचम्मको कुरा यो छ कि त्यहाँ मिलेका अधिकांश कंकालहरु महिलाको भेटिएको छ । माचू पिच्चूको इन्का सभ्यतासँग सम्बन्ध रहेको देखिन्छ ।

के छ रहस्य ? 
माचू पिच्चूको रहस्यलाई जति खन्यो उति नै रहस्य गहिरिँदै जान्छ । तर, माचू पिच्चूको निर्माण कसले, किन र कसरी गरायो ? यो आज पनि यो एक रहस्यको रुपमा रहेको छ। भनिन्छ त यो पनि कि जति छिटो यसको निर्माण भएको थियो । त्यति नै छिटो यो खाली पनि भएको छ । 

केही मानिसका अनुसार यहाँका मानिसहरु अचानक नै केही दिनमा आफैं गायब भएका थिए। त्यसैले यसलाई “द लास्ट सिटी'' समेत भन्ने गरिएको छ । केही बैज्ञानिकहरुले त यो पनि मानेका छन् कि यस शहरको निर्माण निर्माण एलियनले गराएको आरोप समेत लगाएका छन् । एलियन्सको कारण नै यहाँ कोही पनि मानिस रहन सकेनन् । तर, एलियन्स या एलियन्सद्वारा यो ठाउँको निर्माण गरिएको कुनै सबुत मिलेको छैन । मोडर्न वैज्ञानिकहरुले आफ्नो खोजमा यो पनि खुलासा गरेका छन् कि पुरातात्विक वैज्ञानिकहरुद्वारा एलियन्सद्वारा यस स्थानको निर्माण गरिएको भन्ने कहानी समेत झुटो हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ