arrow

महिला समाजको कार्यक्रम भन्दै दिल्ली लागे मधेसी मोर्चाका नेताहरु

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Madhesi-morcha.jpg.jpeg
काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु आज त्यसतर्फ गएका छन् । नेपाल–भारत महिला मैत्री समाजको एक गोष्ठीमा सहभागी हुन मोर्चाका नेताहरु दिल्ली गएका मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का नेता सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए । 
 
शुक्लका अनुसार भारतमा रहँदा मोर्चाका नेताहरुको भारतीय उच्च अधिकारीसँग विशेष भेटवार्ता हुनसक्छ र त्यसका लागि प्रयास भइरहेको छ । नेता शुक्लले भने – “समाजको मुख्य कार्यक्रम भोलि हो, आज छलफल मात्र हुन्छ । उक्त कार्यक्रममा भारतीय नेताहरु पनि सहभागी हुने भएकाले स्वाभाविक रुपमा मोर्चाका नेताहरुले कुराकानी गर्नुहुनेछ । विशिष्ट भेटवार्ताका लागि प्रयास भइरहेको छ, अहिले टुङ्गो लागिसकेको छैन ।” 
 
तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीलगायतका नेताहरु भारत गएका हुन् । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त रहेकाले दिल्ली गएनन् । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नगएको सद्भावनाका नेता मनिष सुमनले जानकारी दिए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ