arrow

सफल बन्न अर्बपतिबाट सिक्नुपर्ने पाठ

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
richest.jpg

काठमाडौं । सफलता हासिल गर्न सजिलो छैन । यो कुनै रातारात हुने कुरा होइन । तर, दैनिकरुपमा त्यसका लागि प्रयास जारी राख्नु जरुरी हुन्छ । यहाँ सफल मानिसले प्रयोग गर्ने केही टिप्स उल्लेख गरिएको छ –

१. पुस्तक पढ्नु
अरुको जीवनको अनुभव आफ्नोमा लागू गर्ने र सिक्ने सबैभन्दा सजिलो उपाय पुस्तक पढ्नु हो । यो क्षेत्रको विज्ञबराबरको आफ्नो ज्ञान विस्तारको लागि पनि निरन्तर प्रयास गर्नु निकै महत्वपूर्ण हुन्छ । इलोन मस्क पनि विभिन्न किसिमका पुस्तक पढ्न रुचाउँछन् ।

२. आत्मविश्वास बढाउनु
सफलताको कुरा गर्दा योगाको कुरा निकै कम मात्र आउने गरेको छ । तर, यसले मानिसलाई आफ्नो आत्मविश्वास बढाउन निकै सजिलो बनाउँछ । मानिसले सार्वजनिक स्थानमा बोल्दा पनि धक लागेर आउँछ । यस्तोमा आफूमा नै विश्वास बढाउनु जरुरी हुन्छ । योगा तथा ध्यानले मानिसलाई आफ्नो आत्मविश्वास बढाउन सहयोग गर्छ । आफ्नो मनोबल बढाउन यो निकै महत्वपूर्ण योजना हो ।

३. शारीरिक अभ्यास
धनी मानिसबारे ५ वर्षको अध्ययनमा लेखक टोम कोर्लीले सबै मानिसले गर्नसक्ने समान बानी पत्ता लगाएका थिए । उनका अनुसार उक्त बानी शारीरिक अभ्यास हो । यस किसिमको बानीले मानिसको आईक्यु बढाउनका लागि पनि निकै ठूलो सहयोग पुग्छ । यस किसिमको कार्यले मानिसको मनोबलका साथै ऊर्जा पनि २० प्रतिशतसम्म बढ्नसक्छ ।

४. सहयोग गर्नु
अध्यात्म मान्ने मानिसले कमाएको केही हिस्सा कसैलाई दान दिनु वा सहयोग गर्नु राम्रो मान्छन् । तर, वास्तविक जीवनमा पनि सफल मानिसहरु भने यसमा निकै संवेदनशील हुन्छन् र त्यसका लागि लागिरहेका छन् । सन् २०१० को बिल र मेलिण्डा गेट्स र वारेन बफेटले पनि उल्लेख्य मात्रामा अनुदान दिने घोषणा गरेका थिए । सफलता हासिल गर्ने दौडमा कमाएको केही हिस्सा कसैको सहयोगका लागि दान पनि गर्नुपर्छ भन्ने उनीहरु विश्वास राख्छन् ।

५. प्रतिस्पर्धाबारे सोच्न समय निकाल्नु
आफ्नो प्रतिस्पर्धाको विषयमा पनि केही समय निकाल्नु जरुरी हुन्छ । यसले आफ्नो अगाडिको बाटो पहिचान गर्न सकिन्छ । प्रतिस्पर्धाको विषयमा केही समय दिनाले सफलता हासिल गर्नका लागि बलियो ऊर्जा प्रदान गर्ने काम गर्छ ।

६. भ्रमण गर्नु
पछिल्लो समय मानिसहरु अत्यधिक समय आफ्नो स्मार्टफोनमा खर्च गर्न थालेका छन् । यससँगै मानिसहरुको भ्रमणको क्रम पनि केही मात्रामा घटेको छ । तर, सफलताको लागि बाहिर घुम्न निस्किनु र केही न केही कुरा सोचिरहनु निकै महत्वपूर्ण हुने गर्छ । एक अध्ययनले बाहिर हिँड्ने बानीले मानिसको सृजनशीलता विकासका लागि सहयोग गर्छ भने समस्या समाधान गर्नसक्ने क्षमता पनि बढाउनका लागि सहयोग गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ