arrow

अम्बानीका छोराको विवाहमा बलिउडका हस्ती

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
ambani_f.png

काठमाडौं । भारतीय व्यवसायी मुकेश अम्बानीका छोरा आकाश अम्बानीको विवाह शनिवार सम्पन्न भएको छ । बान्द्रा कुर्ला कम्प्लेक्स (बीकेसी)मा रहेको जियो सेन्टरमा रिसेप्शनको आयोजना गरिएको छ । यसका लागि पूरा जियो वल्र्ड ८–१२ मार्चका लागि बुक गरिएको छ । सेन्टरमा काम गरिरहेका कर्मचारीलाई चार दिन बिदा दिइएको छ ।

सो विवाहको पार्टीमा आमिर खान पत्नी किरण रावसहित पार्टीमा पुगेका थिए । यसका साथै फेशन डिजाइनर मनीष मल्होत्रा, म्युजिक कम्पोजर विशाल र शेखर पनि पार्टीमा पुगेका थिए।

अभिषेक बच्चन छोरी र पत्नीको साथमा पार्टीमा पुगेका थिए । शाहरु र सचिन पनि उक्त पार्टीमा पुगेका थिए । साथै, प्रियंका चोपडा, रणवीर कपूर, अयान मुखर्जी, करण जौहर पनि सो पार्टीमा पुगेका थिए ।

यो पार्टीमा गुगलका सीईओ सुन्दर पिचाईसमेत सहभागी भएका थिए । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान कि मुन र पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि सो पार्टीमा सहभागी थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ