arrow

साधु पनि लुटिए

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
Sadhu.jpg.jpeg
गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा १५ दिने माध्यमिकी परिक्रमा भर्न आएको एक साधुबाबाको रु ५० हजार भन्दा बढी लुटिएको छ ।  आफूलाई रमता जोगी बताउने ती बाबाले लगाएको क्याम्पबाट अज्ञात व्यक्तिले क्याम्पको मूर्तिमाथि चढाइएको रकम र बाबाले गत मङ्गलबारदेखि परिक्रमाको विभिन्न विश्रामस्थलबाट जम्मा गरेको रु ५० हजार भन्दा बढी रकम गएराति लुटिएको बाबाले बताएका छन् । 
 
बाबाले आफूलाई मेला समितिको सदस्य रहेको भन्दै आफ्नो क्याम्पबाट ग्यास सिलिन्डर माग्न आएको एक व्यक्तिलाई ग्यास सिलिन्डर नदिएको केही छिनमै पैसाले भरिएको ब्याग लुटेर लगिदिएको उनले बताए । बाबाले आफ्नो पैसा लुटिएको बारे प्रहरीलाई पनि जानकारी गराएका थिए । प्रहरीले लुटेराको खोजी जारी राखेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ