arrow

गगन थापाको प्रश्न, 'जनमत संग्रह केका लागि र कसका लागि चाहियो ?'

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
gagan_thapa12.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले नेपाल सरकार र पृथकताबाद विरुद्धको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीचको सहमतिमाथि प्रश्न उठाएका छन् । आईतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता थापाले दुबै पक्षबीच नेपालको सीमा भित्र मधेश र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक रहेको समेत बताएका छन् । 

उनले सहमतिको पृष्ठभूमिले अदालत र सरकारबीच मिलिभगत त भईरहेको छैन ? भन्ने गम्भीर आशंका उब्जिएको बताउँदै यसबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने समेत बताए । 

सहमतिमा प्रयोग भएको दुबै पक्षको आ–आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको उनको बुझाई छ । ‘के को लागि जनमत संग्रह र कसका लागि जनमत संग्रह आवश्यक प¥यो ? हामीलाई उत्तर चाहिन्छ ।’ नेता थापाले भने ‘सहमतिको बारेमा संसदलाई छलफल गराउन माग सहित यस विषयमा छलफलको वातावरणको लागि सभामुखसँग जोडदार माग गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ