arrow

भंसालीको चलचित्रमा अभिषेकसँग खेल्न ऐश्वर्याले गरिन् अस्वीकार !

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
sanjay-leela-bhansali-will-unite-Abhishek-Bachchan-and-Aishwarya-Rai.jpg

काठमाडौं । बलिउडको चलचित्रमा ऐश्वर्या राय र अभिषेक बच्चनको जोडी आउने प्रतीक्षा गरिरहेका दर्शकलाई दुःखको समाचार आएको छ । ऐश्वर्या रायले संजय भंसालीको आउन लागेको चलचित्र साहिर लुधियानवीको बायोपिक चलचित्रमा नआउने भएकी छिन् ।

स्रोतका अनुसार ऐश्वर्या राय आफ्ना पति अभिषेक बच्चनसँग बायोपिक चलचित्रमा नआउने भएकी हुन् । संजय लीला भंसालीको ब्यानरमा बन्न लागेको चलचित्रमा ऐश्वर्या रायलाई अभिनयको लागि प्रस्ताव नै गरिएको थिएन । लुधियानवीको बायोपिक चलचित्रमा अमृता प्रीतमको भूमिका निर्वाह ऐश्वर्याले गर्ने बताइदै गर्दा उनि आफैं छक्क परेकी हुन् ।
 
स्रोतका अनुसार संजय लीला भंसाली र ऐश्वर्याको बीचमा राम्रो सम्बन्ध छ तर आउने चलचित्रमा ऐश्वर्या यो चलचित्रको हिस्सा नबन्ने भएकी छिन् । उनी आफ्नो आगामी प्रोजेक्ट्सको घोषणा गर्दैछिन्, जसमा साहिर लुधियानवीको बायोपिक समावेश छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ