arrow

राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली स्वीकृत

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
upper-house.JPG

काठमाडौँ । ‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिलकुमारी रावलले प्रस्तुत गरेको सो प्रस्ताव छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो ।

छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले लोकतान्त्रिक मूल्यमान्यताका आधारमा नियमावलीलाई समेट्नुपर्ने बताए । सांसद रामलखन चमारले नियमावलीले समानुपातिक पद्धतिलाई अवलम्बन नगरेको भन्दै समावेशितालाई समावेश गर्नुपर्ने माग गरे।

समिति सदस्य रावलले सभामा उठेका प्रश्नको जवाफ दिएका थिए । बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास विधेयक २०७५, छलफलका लागि सभासमक्ष पेश गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ