arrow

पूर्वसांसद पुरीको निधनमा शोक प्रस्ताव पारित

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
parliament.png

काठमाडौँ । प्रतिनिधिसभाको दोस्रो बैठकले नेपाली काँग्रेसका तर्फबाट २०५६ सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित सांसद जीतबहादुर पुरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । पूर्वसांसद पुरीको गत फागुन २२ गते बुधबार ७७ वर्षको उमेरमा झापामा उपचारका क्रममा निधन भएको थियो । विसं २०१४ को भद्र अवज्ञा आन्दोलनका सक्रिय योद्धा पुरी लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा क्रियाशील थिए ।

कुशल सङ्गठक एवम् समाजसेवीको समेत छवि बनाएका नेता पुरीको निधनमा बैठकले शोक प्रस्ताव पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरको छ । सभाको अर्को बैठक फागुन २९ गते बुधबार १२ बजे बस्ने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ