arrow

पर्यटकिय क्षेत्र दोधाराचाँदनी झोलुङ्गे सडक चैत भित्र कालोपत्रे

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७२ फागुन ३० आइतबार
dodhara.jpg.jpeg
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरदेखि पर्यटकिय क्षेत्र दोधाराचाँदनी झोलुङ्गे पुल जोड्ने सडक चैत पहिलो हप्तादेखि कालोपत्रे हुने भएको छ । पूर्वतयारी सकिएकाले पहिलो सातादेखि कालोपत्रे गरिने डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर दिलानन्द गिरीले बताए ।
 
सडक कालोपत्रेका लागि चितवनबाट कामदार बोलाइएको गिरीले बताए । ‘कालोपत्रेका लागि आधारभूत काम सकेर चैत पहिलो सातादेखि कालोपत्रे सुरु गरिने छ,’ गिरीले भने, ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट कालोपेत्रको काम सुरु गरिने छ ।’ तत्कालका लागि १० लाख रुपैयाँ बजेट भएपनि काम सुरु गरेपछि थप बजेट उपलब्ध गराउने आश्वासन सडक विभागले दिएकाले काम सुरु गर्न लागिएको इन्जिनियर गिरीले बताए ।
 
हाल जिल्ला प्रहरी कार्यालयदेखि ४ किलोमिटर ४ सय मिटर सडक कालोपत्रे गरिने छ । सडक कालोपत्रेको माग गर्दै स्थानीय वासिन्दाले बेला–बेलामा आन्दोलन समेत गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालयदेखि मझगाउँसम्म डिभिजन सडकले तथा झालुङ्गे पुलदेखि मझगाउँसम्म भीमदत्त नगरपालिका र जिल्ला विकास समितिले कालोपत्रे गर्ने योजना छ । सडक कालोपत्रेका लागि डिभिजन सडकले विभागबाट २ करोड रुपैयाँ बजेट माग गरेको छ । सो सडक खण्ड कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयले आन्दोलन गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ