arrow

सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा भट्ट सर्वसम्मत

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Ram_Prasad_Bhatta.jpg

काठमाडौं ।  लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ वि २ को सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा चितवनका रामप्रसाद भट्ट सर्वसम्मत भएका छन् । डिस्ट्रिक्ट ३२५ बि २ को आगामी चैत्र २ गते बुटवलमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो ।

लायन्स क्लब इन्टरनेशनलको नेपालमा चारवटा डिस्ट्रिक्ट रहेका छन् । यी मध्ये डिस्ट्रिक्ट ३२५ वि २ ले सवैभन्दा ठुलो  क्षेत्र ओगटेको छ ।काठमाडौं , चितवन, हेटौंडा, विरगंज, भैरहवा, बुटवल नवलपरासी, पाल्पा, नेपालगंज, दाङ, बर्दिया, सुर्खेत, धनगढी, महेन्द्रनगर लगायत कर्णालीका केही जिल्ला  समेटिएको छ ।

उन्नाइस बर्षदेखि लायन्स क्लवमा आवद्ध रहेका रामप्रसाद भट्ट चितवनका परिचित उद्यमी हुन् । बैंक, विद्यालय, अस्पताल लगायतका एक दर्जन व्यवसायिक प्रतिष्ठानमा उनको संलग्नता रहेको छ ।विभिन्न सामाजिक संघ संस्थाको कुशल नेतृत्व गरिसकेका उनले लायन्स क्लवको नेतृत्वका लागि राष्ट्रिय अन्तराष्ट्रिय तालिम प्राप्त गरेका छन् ।

लायन्स क्लव इन्टरनेशनलको विधान अनुसार भट्टसंगै फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा हेटौंडाका शम्भु नकर्मी र डिस्ट्रिक्ट गभर्नरमा काठमाण्डौंका अनुपकुमार पहारीलाई उक्त महाधिवेशनले निर्वाचित गर्नेछ । लायन्सको विधान अनुसार एक जनामात्रै उमेदवार भएपनि एस भोट लिनु पर्ने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ