arrow

ऋतिक रोशनसँग छुटिएपछि सन्तान यसरी स्याहार्छिन् सुजैन

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
sussanne-khan-with-hrithik-roshan-and-kids-hreehan.jpg

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनले सन् २०१४ मा आफ्नी पत्नी सुजैन खानसँग सम्बन्धविच्छेद गरेका थिए । उनीहरुको दुई सन्तान छन् । तर, उनीहरुले सम्बन्धविच्छेदको नै निर्णय गरे । त्यसैले पनि कहिलेकाँही अझै पनि उनीहरु एकसाथ देखिने गरेका छन् ।

उनीहरु कहिलेकाँही लन्च खाने क्रममा त कहिले फिल्म हेर्न जाँदा एकैसाथ देखिने गर्छन् । हालसालै सुजैनले ऋतिकसँगको आफ्नो सम्बन्धको विषयमा खुलेर कुरा गरेकी छिन् ।

सुजैनले आफ्नो जीन्दगीमा आमा र बहिनीको भूमिका निकै महत्वपूर्ण रहेको बताएका छिन् । उनीहरुको सहयोगमा आफ्नो करियर अघि बढाउन निकै सहयोग पुगेको उनको भनाइ छ । उनले आफ्ना दुई बच्चाहरुले पनि आफूलाई प्रेरणा दिने गरेको बताइन ।

उनले घर र कामको बीचमा सन्तुलन बनाउनु प्राथमिकता रहेको बताइन् । यदि यस विषयमा सन्तुलन आउन सकेन भने जीन्दगीमा कतै न कतै पछि परिने उनको भनाइ छ ।  

सुजैनले कुनै विषयमा केही भन्न चाहनुहुन्छ भने आफूले आफूलाई रोक्न नहुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ