arrow

प्याब्सनको राष्ट्रिय महाधिवेशन : अध्यक्षमा ढुंगाना र पुरीको उमेदवारी

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
dhungana-puri.jpg

काठमाण्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल – (प्याब्सन)को १४ औं राष्ट्रिय महाधिवेशनमा डीके ढुंगाना र टीकाराम पुरीले अध्यक्षको उमेदवारी दर्ता गराएका छन् । मंगलबार हुने महाधिवेशनका लागि  दुई पटक महासचिव र पछिल्लो समय बरिष्ठ उपाध्यक्ष रहेका डीके ढुंगाना र यसअघि बरिष्ठ उपाध्यक्ष र अध्यक्षमा पराजित भएका टीकाराम पुरी विच प्रतिस्पर्धा हुने भएको हो ।

अध्यक्षका प्रत्यासी ढुंगाना प्याब्सनमा लोकप्रिय मानिन्छन् । निजी विद्यालयमा भएको अर्बौ रुपयाँको लगानीको संरक्षण र प्याब्सनलाई व्यवसायिक संगठन बनाउने , निजी क्षेत्रमा प्राविधिक विषयको पठनपाठन गराउन कानून मार्फत संवोधन गराउने लगायतका १४ वटा प्रतिवद्धता ढुंगानाले जनाएका छन् ।

लायन्स क्लब इन्टरनेशनलको नेतृत्व गरिसकेका ढुंगानाले सामाजिक क्षेत्रमा अन्तराष्ट्रिय व्यक्तित्व बनाइसकेका छन् । मोटिभेसनल स्पिकरको रुपमा समेत प्रसिद्ध ढुंगाना ललितपुरका बासिन्दा हुन् ।

अर्का प्रत्यासी पुरी विराटनगरका बासिन्दा हुन् । उनले कम्पनीमा संचालित विद्यालयहरु कम्पनी अन्तर्गतनै चलाउन पाउने व्यवस्था गराउने प्रतिवद्धता जनाएका छन् । महाधिवेशनको उदघाटन सभामुख कृष्णबहादुर महराले गर्ने जानकारी प्याब्सनले दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ