arrow

त्रिवि उपकूलपतिको कार्यालयमा तालाबन्दी 

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
Talabandi_VC.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकूलपति कार्यालयमा तालाबन्दी भएको छ । पद्मकन्या क्याम्पसमा महिना क्याम्पस प्रमुख नियुक्तिको माग गर्दै आएका महिना नेतृहरुले उपकूलपति तीर्थ खनियाँसँगको वाता सकारात्मक हुन नसकेपछि उनीहरुले उपकूलपति कार्यालयमा तालाबन्दी गरेको नेविसंघ नेतृ तुलसा पन्तले जाकारी लिइन् । 

महिला क्याम्पसमा महिला नै क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै लामो समयदेखि महिला नेतृहरुले माग गर्दै आएका छन् । १ महिनादेखि खाली रहेको पद्मकन्या क्याम्पसको क्याम्पस प्रमुखमा अहिले नै महिला प्रमुखलाई पठाउन नसक्ने खनियाँले स्पष्ट जवाफ दिएपछि आफूहरुले पनि महिला प्रमुख नपठाउने सहमति नभएसम्मको लागि तालाबन्दी गरिदिएको जानकारी दिएकी छिन् । 

यस अघि काँग्रेस नेतृहरुले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत महिला प्रमुखको लागि माग गरेका थिए । आईतबार पद्मकन्या क्याम्पसमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका छन् । १०९ औं नारी दिवसको अवसरमा राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्ने महिला नेतृहरुले यस्तो माग गरेका हुन्।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले राज्यको सबै निकायमा  ३३ महिला प्रतिशत सहभागिता कार्यान्वयनमा नआएको बताईन् । उनले ३३ प्रतिशत महिला सहभागिता सम्बन्धी व्यवस्थाको कार्यान्वयनको लागि अब प्राज्ञिक क्षेत्रमा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिईन् । 
 
कार्यक्रममा काँग्रेस संसदीय दलकी सचेतक तथा केन्द्रीय सदस्य पुष्पा भुषालले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा कम्तिमा ३३ प्रतिशत क्याम्पस प्रमुख महिला हुनुपर्नेमा जोड दिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ