arrow

स्मार्टफोनमा प्रतिस्पर्धा : आउँदै छ १९२ मेगापिक्सलको क्यामेरा

logo
एजेन्सी
प्रकाशित २०७५ फागुन २७ सोमबार
qualcomm-adds-192mp-picture-update.jpg

काठमाडौं । पछिल्लो केही महिनामा स्मार्टफोनमा निकै ठूलो परिवर्तन आएको छ । विशेषगरी क्यामेरामा यस किसिमको परिवर्तन देख्न सकिन्छ । साओमी रेडमी नोट ७ प्रोको ४८ मेगापिक्सलको क्यामेरा होस् वा नोकिया ९ प्योरभ्युको ५–क्यामेरा सेटअप दुवैले स्मार्टफोनको क्यामेरामा नयाँ आयामको शुरुवात गरे । 

पछिल्लो एक रिपोर्टलाई आधार मान्ने हो भने स्मार्टफोनमा ४८ होइन अब १ सय ९२ मेगापिक्सलको तस्वीर खिच्न सकिन्छ । 

रिपोर्टअनुसार क्वालकोमले आफ्नो पछिल्लो स्न्यापड्र्यागन मोबाइल चिपसेसट क्यामेरा स्पेक्सिफिकेशन्स डिटेल्स अपडेट गरेको छ ।  यसका अनुसार धेरैजसो चिपसेट अब १  सय ९२ मेगापिक्सलकाके रेजुलेशन सेन्सर सपोर्ट गर्ने किसिमका हुनेछन् । 

१ सय ९२ मेगापिक्सलको सेन्सर सपोर्ट गर्ने चिपसेटको सूचीमा क्वालकोम स्न्यापड्र्यागन ६७०, ६७५, ७१०, ८४५ र ८५५ रहेका छन् । यसबाट सहजै अनुमान गर्न सकिन्छ कि यी चिपसेटमा चल्ने स्मार्टफोनको क्यामेरा १ सय ९२ मेगापिक्सलको हुनेछ । 

अहिलेसम्म यसको सेन्सर भने बजारमा आएको छैन । त्यसैले केही समय भने प्रतीक्षा गर्नुपर्ने भएको छ । अहिले क्वालकोमले गरेको अपडेटमा क्यामेराका विभिन्न किसिमको अपडेटहरु समावेश गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ