फागु पूर्णिमाको अवसरमा अष्ट्रेलियामा होली फेस्टीवल हुने
प्रकाशित २०७५ फागुन २८ मंगलबार
867
Shares
अष्ट्रेलिया। नेपालीहरुको सांस्कृतिक चाड फागु पूर्णिमा होलीको अवसरमा अष्ट्रेलियामा बिशेष सांगितिक कार्यक्रम हुने भएको छ। कमेरो इभेन्ट्सको प्रस्तुतीमा ' एक्सपर्ट रकडेल होली फेस्टीभल ' आयोजना हुन लागेको हो।
फागु पूर्णिमाको अवसरमा मार्च १६ मा सिड्नीस्थित रकडेल बिसेन्टेन्नीयल पार्कमा हुने होली फेस्टीवलमा गायक विपुल क्षेत्री एण्ड ट्रभलिङ व्याण्डको प्रस्तुती रहने छ। फेस्टीवलमा हाइपर व्याण्डले पनि सांगितिक प्रस्तुती दिनेछ।
इनोक तामाङसँगै नायिक ढुङगाना र शरद घिमिरेले पनि आफ्नो प्रस्तुती फेस्टीवलमा राख्नेछन्। फेस्टीवलमा आएका सहभागीलाई डीले नटकेसले डीजे सेसनमा झुमाउनेछन्। फेस्टीवलको कार्यक्रम सञ्चालन भने शुभेच्छा खड्काले गर्नेछिन्।