स्थानीय भाषा सहित हाम्रो पात्रोको मेगा अपडेट सार्वजनिक

“७ दिन ७ विशेषता” का साथ हाम्रो पात्रोको ‘मेगा अपडेट’

प्रकाशित मिति : २०७५ फाल्गुण २८ मंगलबार

काठमाडौं। हाम्रोपात्रोले यही साता आफ्ना प्रयोगकर्ताका लागि एकमुष्ठ खुशीका सौगात सहितका अनेक नयाँ सम्भावना र विशेषता समेटिएको नयाँ अपडेट सार्वजनिक गरेको छ। गुगल प्लेस्टोरमा उपलब्ध नयाँ हाम्रोपात्रोमा समावेश प्रत्येक विशेषता लाखौं नेपाली प्रयोगकर्ताहरुको दैनिक स्मार्ट जीवनलाई सुपर स्मार्ट बनाउने कम्पनीले जनाएको छ।

“१० वर्षअघि मैले आफ्नो व्यक्तिगत सोख तथा आवश्यक्ताका लागि नेपाली क्यालेण्डरका तिथीमिति, चाडवाड, रितिरिवाज तथा वैदिक हिन्दु संस्कारका विविध जानकारी समेटिएको र अमेरीकास्थित केही साथीहरुका लागि उपयोगी बनाउने गरेको प्रारम्भिक प्रयासहरुलाई यहाँहरुले क्रमशः मलजल गर्दै जानुभो र निरन्तर हामीले यसमा गोडमेल गरी रह्यौं।

यो अवधिमा म तथा मरो टिमले हरेक दिन, हरेक क्षण नेपाली प्रयोगकर्ताको दैनिकिको मूलभूत आवस्यक्ता के हो भन्ने विचारहरुमा निरन्तर खोजी गरी रह्यौं  र समयानुसार फरक सुविधा, नविन प्रविधियुक्त अपडेट गर्दै गयौं।

यसक्रममा ‘हाम्रो पात्रो’ एउटा पात्रोमा मात्र सिमित नरहेर, हरेक नेपालीको दैनिकी सहज बनाउने सहयात्री भएको छ। हाम्रो पात्रो नेपाली एप्सहरुको पंक्तिमा सर्वाधिक ठूलो परिवार भएकोमा गर्व लाग्छ। हाम्रो यो स्मार्ट नेपाली परिवार लाखौं सदस्य सहितको एउटा विशाल पारिवारीक संरचना बनिसकेको छ।”

“हामीलाई हाम्रो विचारमा, हाम्रो हरेक अपडेटमा अनेक खुशी साट्ने, अनेक जिज्ञासा राख्ने, थुप्रै विचारोत्तेजक प्रश्न, प्रतिक्रिया राख्ने लाखौं लाख प्रयोगकर्ताहरुप्रति आभारी छुँ। म विश्वस्त छु १ हामीले यो पल्ट पस्किएको २१ औं शताब्दिको अनेकौं विशेषता सहितको नयाँ हाम्रोपात्रो हाम्रो प्रयोगकर्ताहरुलाई मनपर्नेछ।” हाम्रो पात्रोका संस्थापक तथा परिकल्पनाकार शंकर उप्रेतिले बताए।

यस्तो छ हाम्रोपात्रोले सार्वजनिक गरेको मेगा अपडेटको विशेषताहरुः

१ स्थानीय भाषाका साथमा
हाम्रो पात्रो अब नेपालभाषा, मैथिली भाषा र भोजपुरी भाषामा पनि उपलव्ध भएको र भाषा परिवर्तन गर्न सकिने भएको छ। नेपाली तथा अंग्रेजी भाषामा मात्र यसअघि प्रयोग गर्न सकिने हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ। अब लाई नेपालभाषा, भोजपुरी तथा मैथिली भाषामा पनि प्रयोग गर्न कम्पनीले जनाएको छ।

नयाँ अपडेटमा यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुन्छ भने तपाईंले नेपाल सम्वतमैं तिथीमिति बारे जानकारी प्राप्त गर्न सकिन्छ। नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपालभाषामा राखिएका छन्। आउँदा दिनहरुमा नेपालभाषा लिपी समेतको हाम्रो पात्रो सार्वजनिक गर्ने कम्पनीले बताएको छ।

No photo description available.

२ दिन तथा रात थिमका साथ
प्रयोग सहजतामा प्रभावकारी लाईट, डार्क र अटो थिम नयाँ अपडेटको विशेषता हो। अब हाम्रो पात्रोको नेपथ्यका रंग र प्रकाश परावर्तनको अनुपातका आधारमा प्रयोगकर्ताले आफूलाई आवश्यक थिम रोज्न सक्नेछन्। 

Image may contain: phone and text

३ हाम्रो भिडियो
विविध भिडियो वर्ग (क्याटोगरी) अनुसार भिडियो हेर्ने सुविधा सहित भिडियोको नयाँ डिजाईजन राखिएको यो सुविधा  प्रयोगक्तालाई मनपर्न कम्पनी बताउदछ। यूट्यूबमा बिभिन्न श्रोतका आधिकारीक र जानकारीमूलक भिडियो खोजि गर्नु चुनौतिको विषय हो। आफूलाई चाहिने नचाहिने अनेक अनावश्यक विकल्पहरुले कहिलेकाँही तपाईँलाई पनि अप्ठेरो भएको हुनसक्छ। त्यसका लागि “Spam-free” समाचार, गीत सङ्गीत, रियालिटी शो, चलचित्र, विज्ञान, तथा अन्य विधाका रोचक भिडियोहरु समावेश गरीएको छ। 

Image may contain: 2 people, people smiling, phone

४ नोटरटिपोट
हाम्रो पात्रो मेगा रिलिजको अत्यन्त महत्वपूर्ण फिचर हो नोट टिपोट। आफ्ना अनेकानेक कार्यक्रमको तालिका मिलाउन र गर्नुपर्ने कामहरु सम्झिन हाम्रो पात्रोद्वारा सार्वजनिक हाम्रो नोटरटिपोटको सुविधा अब तपाईँको व्यक्तिगत प्रयोगका लागि हाम्रो पात्रोले सार्वजनिक गरेको छ। यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले हाम्रो पात्रो लग-ईन गर्नु पर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लख छ।  ह्याम्वर्गर मेनु अर्थात् छेउको मुख्य मेनुमा गएर या नोट्स एड गर्दा पनि लग-ईन अप्शन देख्न सकिन्छ, आफ्नो साबिकको फेसबुक, ट्विटर या जीमेल अकाउण्टबाट सजिलै लग-ईन गर्न सकिने कम्पनीले जनाएको छ।

नोटलाई सम्पादन अर्थात एडिट तथा हरेक नोटलाई आफूले चाहेको फरक फरक रंगमा राख्नमिल्ने खालको छ। अब तपाईँका कुनै इभेन्टस या कार्यक्रम छुटाउनु नपरोस्, समय अनुसार अघि बढ्न सकियोस र ‘नेपाली टाईम’को आक्षेप कुनै कार्यक्रममा या उपस्थितीमा नलागोस् भन्ने चाहनुहुन्छ भने यो सुविधाका उपयोगी बन्न सक्छ।

मोबाईल रिइन्स्टल गर्दा अथवा नयाँ मोबाइलमा हाम्रोपात्रो प्रयोग गर्दा तपाईंले यसअघि लेखेको नोट र टिपोट अथवा इभेन्ट प्लानहरु केही पनि हराउनेछैन। तपाईँको विभिन्न इभेन्ट प्लान र गतिविधि व्यवस्थापन गर्नका लागि G-mail, Twitter अथवा Facebook बाट हाम्रोपात्रो लग-ईन गरीसकेपछि राख्नुभएका नोट र टिपोट तपाईँले प्रयोग गर्ने जुनसुकैAndroid फोनमा पहिले लग-ईन गरीएको आइडीबाट लगइन गरेर एप्लिकेशन प्रयोग गर्नुभएमा पहिलेकै अवस्था सम्पूर्ण कुराहरु यथास्थानमैं देखिनेछन्।

Image may contain: phone and text

५ समाचार सर्च तथा ट्रेण्डिङ समाचार
 यस मेगा अपडेटको अर्को राम्रो विशेषता भनेको सर्च र ट्रेन्डिगं विषयको सुविधा। आफ्नो इच्छा अनुसारको विषयको सामाग्री सर्च गर्न र ट्रेण्डिगं विषयहरुमा अवलोकन र अपटेडेड रहन यो अपडेट विशेष छ। सर्च गर्ने प्रभावकारी तरिका देखि सर्च हिस्ट्रि सम्पादन सम्मको सुविधाको एप्लिकेशनले दिएको छ। 

Image may contain: phone

६ न्यूज पर्सनलाईजेशन
 यहाँहरुको व्यक्तिगत रोजाई, छनौट र रुचिअनुसारका समाचार स्रोत र समाचार वर्गहरु समेटिएको पर्सनलाइजेशन सुविधा समेटेको हाम्रो पात्रोले नेपालभरिका ४० भन्दा धेरै श्रोतका समाचारहरु दिदिै आएको र समाचार या समाचार स्रोतहरु हरेकका लागि रुची अनुरुप र चासो अनुरुपको प्ल्याटफर्म विस्तार गर्दै समाचार पर्सनालाइजेशनको सुविधा राखेको छ। अब हाम्रो पात्रोमा तपाईँले आफूलाई मनपरेको समाचार स्रोत रोज्न तथा आफूलाई चाहिने समाचार वर्ग चयन गर्न सकिने छ। 

Image may contain: phone

७ दैनिक नोटिफिकेशन हिस्ट्रि
 हाम्रो पात्रोले पठाउने हरेक ताजा समाचारका दैनिक नोटिफिकेशनहरु हिष्ट्रिमा पछि समेत हेर्नमिल्ने सुविधा नयाँ अपडेटमा ल्याएको छ। दिनहूँका नोटिफिकेशन हिस्ट्रिमा बस्ने समाचारको सूची आज मात्रको हुने हैन पुराना समाचारका नोटिफिकेशनहरु पनि क्रमैअनुसार तपाईँको मोबाईलमा रहीरहनेछ। 

अब दिनभरी तपाईँ जस्तोसुकै व्यस्ततामा रहेपनि महत्वपूर्ण खबरहरुको अपडेट छुट्यो भनेर टेन्सन लिईराख्नु पर्दैन। यो सुविधाले देश विदेशका ताजा समाचार तथा महत्वपूर्ण जानकारीका कुनैपनि अपडेट तपाईँले आफ्नो अनुकूल समयमा पढ्न सकिने छ। हाम्रो पात्रोको यस मेगा अपडेट अन्तर्गतको ‘७ दिन ७ विशेषता’ले तपाईँको स्मार्ट जीवनलाई स्मार्ट दैनिकीमा सहयोगी साथी बन्ने सक्ने कम्पनीले जनाएको छ। 

Image may contain: phone

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ