arrow

विश्वकप टि–२० क्रिकेटमा नेदरल्याण्ड्स १२ रनले विजयी

logo
प्रकाशित २०७२ फागुन ३० आइतबार
T-20-worldcup-ICC.jpg.jpeg
एजेन्सी । भारतमा जारी आइसीसी विश्वकप टि–२० क्रिकेटमा नेदरल्याण्ड्स १२ रनले विजयी भएको छ । वर्षाले खेल निकैबेर रोकिपछि ६ ओभरमात्र खेलाइएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले ६ ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनायो । ६० रनको चुनौती पछ्याएको आयरल्याण्ड ६ ओभरमा ७ विकेट गुमाएर ४७ रनमै खुम्चिएपछि नेदरल्याण्ड्स १२ रनले विजयी भयो ।
 
धर्मशालामा भएको विश्वकप टि–२० पहिलो चरणको खेलमा नेदरल्याण्ड्सका लागि स्टेफेनले २७ रन बनाए । आयरल्याण्डका लागि भने पउल स्टर्लिङले १५ रन बनाउन बाहेक अन्य व्याट्सम्यानले खासै अंक स्कोर गर्न सकेनन् । सुपर टेनमा पुग्ने टोलीको टुंगो लगाउन भएको पहिलो चरणको खेलबाट अफगानिस्तान अघिल्लो चरण प्रवेश गरिसकेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ