'सडक २' मा पनि चर्चित गीत 'तुम्हे अपना बनाने की कसम...'
प्रकाशित २०७५ फागुन २८ मंगलबार
238
Shares
काठमाडौं । बलिउड निर्देशक महेश भट्ट लामो समयपछि चलचित्र 'सडक २' बाट निर्देशन क्षेत्रमा देखिदै छन् । चलचित्र सडकको चर्चित गीत 'तुम्हे अपना बनाने की कसम...' सीक्वलको लागि पुन: सिर्जना गरिदैछ ।
सन् १९९१ मा महेश भट्टले चलचित्र सडक बनाएका थिए । जसमा संजय दत्त, पूजा भट्ट र सदाशिव अमरापुरकरले मुख्य भूमिकामा अभिनय गरेका थिए । अब चलचित्र सडकको सीक्वल बन्न गइरहेको छ । सीक्वलमा संजय दत्त र पूजा भट्टसँगै आदित्य राय कपूर र अलिया भट्ट पनि रहनेछन् ।
यस भन्दा पहिले पनि सडकको सो गीत सन् २०१७ मा प्रदर्शित चलचित्र 'हेट स्टोरी ३' मा रिक्रिएट गरिएको थियो । 'सडक २' २५ मार्च २०२० मा रिलीज हुनेछ । अलिया भट्ट पहिलो पटक बुवा महेश भट्टसँग काम गर्दैछिन् । यस बाहेक अलिया भट्ट दिदि पूजा भट्टसँग एकै स्क्रीनमा देखिने पनि पहिलो अवसर मिल्नेछ ।