arrow

३३ प्रतिशत महिला नेतृत्वको माग, पद्मकन्यामा तालाबन्दी

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
PK_talabandi.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसहरु मध्ये ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनु पर्ने र त्रिविको एकमात्र महिला आंगिक क्याम्पस पद्मकन्यामा महिला प्रमुख हुनु पर्ने माग गर्दै नेविस‌ंघ क्याम्पस इकाइ नेतृत्वको टोलीले पद्मकन्या क्याम्पसमा तालाबन्दी गरेको छ। कर्मचारी र प्राध्यापकहरुको समेत सहभितामा  सोमबार उपकूलपति कार्यालयमा तालाबन्दी गरेको सो टोलीले मंगलबार पद्मकन्या क्याम्पसको प्रशासन, क्याम्पस प्रमुखको कार्यालय र परीक्षा शाखामा समेत तालाबन्दी गरेका हुन् । 

पद्मकन्या क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्तिको माग गर्दै आएका उनीहरुले सोमबार उपकूलपति तीर्थ खनियाँसँगको वार्ता सकारात्मक हुन नसकेपछि उपकूलपति कार्यालयमा समेत तालाबन्दी गरेका थिए । मंगलबार क्याम्पसमा पनि तालाबन्दी गरिएको नेविसंघ नेतृ तुलसा पन्तले जाकारी लिइन् । 

महिला क्याम्पसमा महिला नै क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै लामो समयदेखि महिला नेतृहरुले माग गर्दै आएका छन् । १ महिनादेखि खाली रहेको पद्मकन्या क्याम्पसको क्याम्पस प्रमुखमा अहिले नै महिला प्रमुखलाई पठाउन नसक्ने खनियाँले स्पष्ट जवाफ दिएपछि आफूहरुले पनि महिला प्रमुख नपठाउने सहमति नभएसम्मको लागि तालाबन्दी गरिदिएको पन्तले जानकारी दिइन् । 

यस अघि काँग्रेस नेतृहरुले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत महिला प्रमुखको लागि माग गरेका थिए। आईतबार पद्मकन्या क्याम्पसमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो माग गरेका छन् । १०९ औं नारी दिवसको अवसरमा राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनका चुनौतिहरु विषयक विचार गोष्ठीमा बोल्ने महिला नेतृहरुले यस्तो माग गरेका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ