arrow

शाहरुख सलमानसँग आलिया

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Srk-Salman-Alia.jpg

काठमाडौं । बलिउड निर्देशक संजय लीला भंसालीको आगामी चलचित्रमा सलमान खान छनोठमा परि सकेका छन् । चलचित्रमा सलमान खानको साथमा शाहरुख खान पनि रहनेछन् । चलचित्र प्रेम कथामा आधारित रहनेछ ।  

संजय लीला भंसालीको सो चलचित्रमा आलिया भट्ट पनि देखिन सक्नेछिन् । उक्त चलचित्रका लागि आलियालाई प्रस्ताव गरिएको छ । तर आलियाले अहिलेसम्म सो बिषयमा कुनै प्रतिक्रिया जनाएकी छैनन् । चलचित्र निर्माताहरु भने आलियाले चलचित्रमा साइन गर्ने छिन् भन्नेमा ढुक्क छन् । तर उनि सो चलचित्रमा साइन गर्छिन वा गर्दिनन् केहि दिनपछि थहा हुनेछ ।

हालै आलिया भट्टले चर्चित डायरेक्टर एस एस राजामौलीको चलचित्र ‘ट्रिपल आर’ मा काम गर्न अस्विकार गरेकि थिइन् । उक्त चलचित्रमा काम नगर्नुको कारण उनले आफुसँग कयौ चलचित्र रहेको बताएकी थिइन् ।  सोहि कारण पनि उनले यो चलचित्रमा अभिनय नगर्ने संभावना बढेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ