arrow

डिप्रेशनसँग लड्दै जस्टिन

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Justin-Beiber1.jpg

काठमाडौं । हलिउडका चर्चित गायक जस्टिन बिबर पछिल्लो समय डिप्रेशनको शिकार बनेका छन् ।  निकै लामो समयदेखि उनको कुनै गीत बाहिरिएको छैन् । हालै उनले डिप्रेशनसँग आफ्नो लडाइको बारेमा खुलासा गर्दै उनि संसार धेरै टाढा र अजीब महसुस गरेको बताएका छन् ।

क्यानाडेली मूलका जस्टिन बिबरले डिप्रेशनको बारेमा आफ्नो विचार राख्दै केन्ये वेस्ट र स्कूटर ब्राउनसँगको एक तस्वीर इंस्टाग्राममा शेयर गरेका हुन् । उनले डिप्रेशनको समस्यासँग निकै संघर्ष गरिरहेको लेखेका छन् । उनले लेखेका छन् , ‘म  चाडै ठिक हुनेछु त्यसमा ज्यादा चिन्तित छैन । केवल तपाई सम्म पुग्न र तपाईसँग मेरा लागि प्रर्थाना गर्नको लागि भन्न चाहान्छु । भगवान् माथि भरोसा छ तपाईको प्राथनाले काम गर्नेछ ।’

अधिल्लो महिना जस्टिन आफ्नो मानसिक स्थितिको उपचार गराउदै छन् भन्ने समाचार बाहिरिएको थियो । उनिसँग जोडिएका यस्ता कयौ समचारहरु मिडियामा आएका थिए ।  उनी हाली बाल्डविनसँगको सम्बन्ध र तोबियास क्यानोनसँगको विवादका कारण चर्चामा रहेका थिए । उनी प्राय: मिडियामा छाइरहेकै हुन्छन्।

गायनका लागि जस्टिन जति नामी भए आनीबानीलाई लिएर उत्तिकै बदनाम पनि बने। आफ्ना अराजक हर्कतले उनलाई कठघरासम्मै पुर्‍यायो। मादक पदार्थ सेवन गरेर गाडी चलाएपछि उनी सन् २०१४ मा जेल परे। ब्राजिल र कम्बोडिया टुरमा छँदा व्यस्त सडकमा उपद्रो गरेपछि उनलाई जरिवाना तिराइएको थियो।

क्यालिफोर्नियास्थित आफ्नै छिमेकीको घरमा अण्डा फ्यालेर जस्टिनले साथीहरूसँग हाई–फाइभ गरेको भिडियो प्रहरीसम्म पुगेको थियो। अनि उनलाई बाह्र हप्ते तनाव व्यवस्थापनको कक्षा लिन लगाइयो। फ्यानलाई झापड हान्नेदेखि काला जातिको खिसी गरेको मुद्दामा पनि जस्टिनको चर्को आलोचना भएको थियो। यी विषयमा उनले एक–दुईचोटि माफी समेत माग्नुपरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ