arrow

ब्रेक्जिटबारे टेरिजा मेको संशोधित मस्यौदा फेरि अश्वीकृत, १४९ मतले पराजित

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
thesera-may.jpg

काठमाडौं । ब्रेक्जिटका विषयमा प्रधानमन्त्री टेरिजा मेले ल्याएको संशोधित मस्यौदालाई बेलायती संसद्ले पुनः अस्वीकार गरिदिएको छ ।

The Prime Minister's hopes of saving her deal after a last minute dash to Strasbourg last night turned to ashes in the Commons today as the new concessions were hammered by MPs

यसअघि पनि प्रधानमन्त्री मे ले ल्याएको मस्यौदालाई संसद्ले अस्वीकृत गरिदिएको थियो । मेले बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदा ल्याएकी थिइन् । 

Theresa May insisted that her ailing deal delivers the Brexit that people voted for in 2016 and MPs had a duty to vote it through

मेको प्रस्ताव १४९ मतले पराजित भएको हो । मस्यौदाको प्रस्तावमा २४२ मत परेको थियो भने विपक्षमा ३९१ मत परेपछि प्रस्ताव अस्वीकृत भएको हो । पटक पटक असफल भएपछि मेको राजनीतिक करियर संकटमा परेको छ । 

Boris Johnson slammed the Brexit deal tonight and warned Theresa May her plans have 'reached the end of the road' as hardliners prepare to kill off the package

युरोपेली संघका नेताहरुसँग निकै लामो छलफलपछि प्रधानमन्त्री मे ले आफ्नो संशोधित प्रस्ताव पारित गर्न संसद्लाई आग्रह गरेकी थिइन् ।

उनले  ‘कि त प्रस्ताव पारित गर्नुहोस् कि ब्रेक्जिटलाई नै अस्वीकार गर्नुहोस्’ भन्दै संसदमा कडा रुपले प्रस्तुत भएकी थिइन् । सांसदहरुले पहिले जस्तै जवाफ दिएका छन् । 

मेले संकटको घडी आएकाले सघाउन आग्रह समेत गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ