arrow

छोरा टाइगर र दिशाको प्रेमबारे ज्याकी श्रफको यस्तो प्रतिक्रिया

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार

काठमाडौं । बलिउडका एक्शन किंग टाइगर श्रफ र उनकी प्रेमिका दिशा पटानीको प्रेमको चर्चा कुनै नौले बिषय होइन । उनिहरु केहि बर्षदेखि साथै रहेका छन् । दुवै कलाकारले आफ्नो बलबुतामा सफलता पाइ रहेका छन् ।  हालै टाइगर र दिशाको प्रेम बारे टाइगर श्रफका बुवा ज्याकी श्रफले आफ्नो मुख खोलेका छन् ।

ज्याकीले एक अन्तर्वार्तामा दुवैको र‍िलेशनशिपबारेमा भने, " मेरो छोराले २५ बर्षको उमेरमा उसको पहिलो साथि पाएको छ । त्यो पनि एक केटि । दुवैको शोक एकै छ । दुवै एकसाथ वर्कआउट गर्छन् ।  द‍िशा एक आर्मी पर‍िवारकी हुन् । उनलाई अनुशासन के हो राम्रोसँग थाहा छ । " दिशासँग टाइगरको विवाहको प्रश्नमा ज्याकीले भने " कसलाई थाहा छ दुवै भव‍िष्यमा विवाह गरुन् । यो पनि हुन सक्छ कि ज‍िन्दगी भर दुवै राम्रो साथि बनि रहुन् ।"

यसअघि टाइगर श्रफले करण जोहरको शो कफी विद करणमा दिशाको बारेमा कुरा गर्दै भनेका थिए " हामी असल मित्र हौ । मलाई द‍िशाको साथ मन पर्छ ।  हामी दुवैको कयौ शोक मिल्छ । इंडस्ट्रीमा मेरा साथी पनि कम छन् ।  उनि मेरो ती साथिहरु मध्ये पर्छिन जोसँग म अनन्द महसूस गर्छु । "

 दुवै प्राय मुम्बईको कफी शपमा जाने गर्दछन् । साथै टाइगर दिशालाई लिएर कयौ यात्रामा पनि निस्कने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ