arrow

यी ज्योतिषीले गरे यस्तो भविष्यवाणी

logo
प्रकाशित २०७५ फागुन २९ बुधबार
Jyo._Deepak_Subedi_.jpg

काठमाडौं । बेला बखत ज्योतिषीको भविष्यवाणीले सामाजिक सञ्जाल तताउने गरेको छ । ज्योतिष फाँटबाट बेलाबेला राजनीतिक मस्तिष्कलाई तताउने गरी हुने यस्ता पेडिक्सनले धेरैको मन तान्ने पनि गरेको छ । राजनीतिक परिवर्तनका नाममा बिखण्डनकारीहरूलाई अवसर दिने, राष्ट्रिय भन्दा पनि विदेशी विषयलाई महत्त्व दिने क्रियाकलापले नेपाली मनहरू विक्षिप्त भइरहेको समयमा ज्योतिषी दीपक सुवेदीले राजसंस्थाको सम्भावना सुरक्षित रहेको बताएका छन् ।

ज्योतिषी दीपक सुवेदी एक अन्तर्वार्ता दिँदै केही महत्त्वपूर्ण विषयमा भविष्यवाणी गरेका छन् । एक अन्तर्वार्ता दिँदै उनले राजनीतिक लगायतका विभिन्न पक्षसँग सम्बन्धित भविष्यवाणी गरेका हुन् । अन्तर्वार्ताको भिडियोमा अझै राजनीतिक पक्षको व्यक्ति र राजनीतिक व्यवस्था नै पनि दुर्घटनामा पर्नसक्ने उनको भनाई देखिन्छ । के नेपालमा राजसंस्था आउने सम्भावना छ ? वर्तमान सरकारको आयु कति ? लगायत अरु धेरै महत्त्वपूर्ण एवं गम्भीर सवालमाका प्रश्नहरूमा उनले अन्तर्वार्ताको क्रममा भविष्यवाणी गरेका छन् ।

संविधान जारी गर्दाको ग्रह अनुकूल नपरेको बताउँदै अन्तर्वातामा सुवेदीले नेपालमा राजसंस्था पुनःस्थापित हुने र नेपालको लागि राजसंस्था बढी हितकर हुने बताएका छन् । साथमा उनले नयाँ राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने हो भने पनि गर्नपर्ने विषयको बारेमा पनि उनले वताएका छन् । विगतमा पनि विभिन्न भविष्यवाणी गर्ने गरेका र ती भविष्यवाणीहरू मिल्ने गरेका हुनाले उनले गर्ने भविष्यवाणी पुग्नसक्ने सम्भावना रहेको विश्लेषकहरू बुझाई रहेको छ ।

राजनीतिक मात्रै नभएर ज्योतिषशास्त्रबाट कसरी बढीभन्दा बढी फाइदा उठाउने, आमसर्वसाधारणहरूलाई पर्ने दुःखकष्ट, संघर्षबाट कसरी मुक्ति पाउने जस्ता विषयमा पनि व्यवहारिक तरिकाबाट उनले अन्तर्वार्तामा अथ्र्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ